Armed Police Force, Nepal (@APF_Nepal) header
Armed Police Force, Nepal (@APF_Nepal) profile picture
Halchowk, Kathmandu
Joined June 2023
सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण शैलेश्वरी तथा मातहत युनिटबाट खटिएको टोलीले भारतबाट भन्सार छली ल्याइएका लत्ताकपडा, ओखर र ढुवानीका साइकलसहित मूल्य रु ५ लाख ३९ हजार बराबरकोअवैध सामान बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ।
26
मिति २०८३।०७।२८ गते बाराको कलैया उपमहानगरपालिका–१ स्थित भरत चोकबाट सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा चेकजाँचका क्रममा करिब २५ ग्राम ब्राउन सुगरसहित २२ वर्षीय युवकनियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बुझाइएको छ
27
मिति २०८३/०७/२७ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हे.क्वा. टोलीले मोरङका विभिन्न सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरेको कस्मेटिक सामान तथा ढुवानीमा प्रयोग भएका १ सिटी सफारी र ६ साइकलसहित रु. ७,४९,५६५/- बराबरको सामान बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ।
23
मिति २०८३।०७।२६ गते दाङ जिल्लाको घोराही अर्घुस्थित सिँचाइ ड्याममा नुहाउने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएपश्चात् खोजी कार्य गर्दा पनि फेला नपरेपछि २७ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ४२ रिजर्भ गण हे.क्वा. शमशेरगञ्ज, बाँकेबाट खटिएको गोताखोर टोलीले मृत अवस्थामा शव फेला पारेको छ
2
90
२०८३ कात्तिक २७ गते सशस्त्र प्रहरीको संयुक्त टोलीले सिरहाको नवराजपुर–५, कुसुन्डी सीमा क्षेत्रबाट भारतबाट अवैध रूपमा भित्र्याइएको रु. १०,१४,००० बराबरको लेहेंगा कपडा र गाडीको कार्पेट बरामद गरेको छ।
21
मिति २०८३।०७।२६ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले बारा जिल्लाको बसतपुरस्थित सीमा क्षेत्रमा भारतबाट ल्याउँदै गरेको मूल्य रु. ९,०१,५५० बराबरको कपडा तथा मोटरसाइकलका पार्टपुर्जाहरू बरामद गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।
4
95
मिति २०८३।०७।२५ गते मोरङ जिल्ला, सुनवर्षी नगरपालिका–६, झपटतालस्थित एक घरमा भएको आगलागी सशस्त्र प्रहरी बल, नेपाल, अन्य सुरक्षा निकाय, नगरपालिकाका २ वटा दमकल तथा स्थानीयवासीहरूको संयुक्त प्रयासमा पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
2
90
मिति २०८३।०७।२४ गते ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–२, सानेपा हाइटस्थित कागज कारखानामा भएको आगलागी सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली, अन्य सुरक्षा निकाय तथा विभिन्न स्थानीय तहका दमकल र पानी ट्याङ्करसहितको संयुक्त प्रयासमा पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
89
सशस्त्र प्रहरी बल नेपालले भाइटिकाको दिन सार्वजनिक यातायातका साधनहरू पर्याप्त मात्रामा सञ्चालन नहुने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उपत्यकाका तीनवटा फरक–फरक रुटहरुमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
1
1
81
मिति २०८३।०७।२४ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस गोलबजारबाट खटिएको टोलीले सिरहा गोलचोकस्थित सवारी साधन जाँच गर्ने क्रममा चकलेट, सुर्ती तथा बिडी र उक्त सामान ढुवानीमा प्रयोग गरिएको अटोसहित रु. ६,३६,५००।–बराबरको सामान बरामद गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।
31
मिति २०८३।०७।२४ गते झापाको मेचीनगर–११ धाइजन सीमावर्ती क्षेत्रबाट भन्सार छली ल्याइएका लत्ताकपडा, भाडाबर्तन तथा अटोसहित रु. ५,६५,५०० बराबरका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा राख्यो। Is this conversation helpful so far?
21