'मञ्जरी' (@Manzari77) header
'मञ्जरी' (@Manzari77) profile picture
Nepal
Joined December 2013
Photo by 'मञ्जरी' (@Manzari77)Photo by 'मञ्जरी' (@Manzari77)Photo by 'मञ्जरी' (@Manzari77)Photo by 'मञ्जरी' (@Manzari77)Photo by 'मञ्जरी' (@Manzari77)Photo by 'मञ्जरी' (@Manzari77)Photo by 'मञ्जरी' (@Manzari77)Photo by 'मञ्जरी' (@Manzari77)Photo by 'मञ्जरी' (@Manzari77)Photo by 'मञ्जरी' (@Manzari77)
म रुँदै नरुने मान्छे, तिम्रै काखमा बसेर रोएँ, भयो थाहा बेग्लै कुण्ठा, तिम्रो अनि लुकेर रोएँ। मनका पीडा मनमै राखी, हाँसेझैँ गर्दै हिँड्थेँ, तिमीले आँखामा पढिदियौ,र पो खुलेर रोएँ। जिन्दगीले दिएको चोट त,सहेरै बाँच्ने बानी थियो, तिम्रो न्यानो स्पर्श पाएँ, आफैँलाई भुलेर रोएँ। #GM❤️
2
7
17
941
माया एकतर्फी थियो तर मनमा आशा थियो तिमीलाई पाउने रहर थियो तर भाग्यमा कहाँ थियो हर दिन तिमीनै थियौ हर रात सम्झना थियो न त तिमी मेरो भयौ न त मनले मान्न सक्यो माया घटेन कहिल्यै तर दूरी बढ्दै गयो अन्ततः थाहा भयो, माया गर्नु र माया पाउनु एउटै कुरा रहेनछ...! 💔
9
19
837
पीरैपीरका भारी बोकी, हाँस्ने भन्छन् सबै, चुडिएको यो जिन्दगीलाई, गाँस्ने के छ दवाई? घाउ देखिँदैन मुटुभित्र, पीडा बुझ्ने कोही छैन, आँसु लुकाई मुस्कुराउनु, सिकाउने रहेछन् सबै।
4
11
896
उनको मनमा को छ कुन्नि मेरो मनमा उनी आफ्नो भन्दा उनकै माया गर्दो र'छु म नि।।
8
22
995
छोरीको आफ्नो घर होस्, घर छोडेर निस्कन नपरोस् जहाँ हारेर फर्किँदा कसैले दोष होइन,साथ दिउन् जहाँ आँसु लुकाउन नपरोस् मुस्कान देखाउन अभिनय गर्न नपरोस् यस्तो घर जहाँ सम्बन्धहरू स्वार्थले होइन,विश्वासले बाँधिएका हुन् जहाँ मन थाकेको बेला आफ्नोपनको एक शब्दले सबैपीडा हलुका बनाइदियोस्।
6
24
1,173
कुनै समय हामी एकअर्को संसार थियौ दुबै सोच्ने गर्थ्यौं एकअर्काबिना सास पनि चल्दैन तर, आज तिमी पनि बाँचिरहेकी छौं,म पनि अब थाहा भयो, मृत्यु त शरीरको मात्र हुँदैन रहेछ कहिलेकाहीँ आशा मर्छ, विश्वास मर्छ, र सबैभन्दा बढी प्रेम मर्दो रहेछ हामीभित्रको "हामी" नै मर्दो रहेछ।
7
1
18
1,243
सबैलाई कहाँ उस्तै दुरुस्तै प्रेमको अनुभूति हुँदो रहेछ र? मलाई त तिमी मात्र मनपर्छ, तिम्लाई हेरिरहेर महसुस गर्न मनपर्छ तिम्रो आवाज सुनिरहन मन पर्छ तर विडम्बना, तिम्लाई त मेरो उपस्थिति नै मन पर्दैन, तिमीलाई म बाहेक सबै मन पर्छ अनि मलाई तिमी बाहेक कोही मनै पर्दैन। #शुभबिहानि❤️☕️
2
4
19
880
मौन बस्नु भनेको केही नभन्नु होइन, कहिलेकाहीँ सबैभन्दा गहिरो स्वीकार नै मौनता हुन्छ। मौनताले हरेक दिन उसैको नाम दोहोर्याइरहन्छ, त्यसैले त सायद यो मनले ऊ फर्किने बाटो अझै छोड्न सकेको छैन। #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना❤️🙏
3
6
20
878
तिम्रै नाउँको मेहेन्दी लाएँ, लेखे तिम्रै नाउँ मुटु भित्र राखे तिम्लाई, छैन खाली ठाउँ ।। #शुभ_रात्री
6
17
801
को नजिक,को टाढा छ बुझ्नु पर्छ मायाको गहिराइ मायाले नाप्नु पर्छ फूल मात्रै खोजेर बगैंचा सजिँदैन काँडासँग पनि कहिलेकाहीँ रम्नु पर्छ हारले सिकाएको पाठ अमूल्य हुन्छ त्यसैले लडेपछी पनि उठ्न सक्नुपर्छ आँसु लुकाएर मात्रै बलियो भइँदैन मन हलुङ्गो बनाउन भएपनि रुनु पर्छ। #शुभबिहानी❤️🙏
1
7
16
526
भिज्दै आयो तिम्रो याद लिएर वर्षात, मनको हराएको संवाद लिएर वर्षात। तिमी नभएको शहर सुनसान लाग्छ, हरेक मोडमा तिम्रै स्वाद लिएर वर्षात। बिजुली चम्कँदा झस्किन्छ यो मन, पुराना चोटहरूको याद लिएर वर्षात कहिल्यै नभेटिने आशा बोकेर पनि, फेरि आयो प्रेमको सुरुआत लिएर वर्षात।
1
10
25
1,204
आज केहि नबोलेपनि बुझिन्छ,भोलि उसैसँग कुरागर्न शब्द खोज्नुपर्ने हुन सक्छ जस्को साथमा मन शान्त हुन्छ,भोलि उसैको साथबिना मन बेचैन बन्न सक्छ आज सामान्य लागेका क्षणहरू,भोलि जीवनकै अमूल्य सम्झना बन्न सक्छ समयसँगै मानिस मात्र होइन,प्राथमिकता भावना र सम्बन्धहरूको अर्थपनि बदलिँदै जान्छ
2
8
20
922
पुरुषले धनको पछि मात्र लाग्ने होइन, सम्बन्ध जोगाउन पनि जान्नुपर्छ। किनकि श्रीमती खुसी हुँदा घरमा माया फुल्छ, सम्मान बढ्छ, समृद्धि भित्रिन्छ र मनमा शान्तिले स्थाई बास पाउछ। #शुभसाझ 💙
2
7
19
944
खुशी बाँड्दाबाँड्दै आफू सकिएको थाहै भएन, सबैलाई उज्यालो छर्दाछर्दै निभेको थाहै भएन। आफू भोकै रहेर अरूको पेट भरिरहेँ जिन्दगीमा, हाँसोको खेती गर्दागर्दै आँसु रोपेको थाहै भएन। #शुभबिहानी 🙏❤️
4
7
20
1,020
स्वस्थ प्रेमले जीवनलाई विस्तार गर्छ, आत्मविश्वास बढाउँछ र शान्ति दिन्छ अस्वस्थ प्रेमले चिन्ता, डर,पीडा र आफूलाई नै हराएको अनुभूति गराउन सक्छ त्यसैले प्रेम आवश्यक छ, तर आफ्नो अस्तित्व र आत्मसम्मानभन्दा माथि पुग्ने गरी कुनै व्यक्तिलाई प्राथमिकतामा राख्नु राम्रो होइन❤️ #शुभदिन❤️🙏
2
6
19
730
पुराना दलका माननियज्युहरुलाई यस्तै प्रशिक्षण दिएर पठाउछन कि के हो ? खाली भिडन्तमात्र गर्न खोज्ने। लेडि डनलाई कसैले भन्द्याओन घरको श्रीमानलाई कुटेर थर्काए जस्तो हुदैन, संसदको आफ्नै मर्यादा हुन्छ।
5
13
685
"खुसी"को कुनै मूल्य हुँदैन, यसको हिसाब पैसाले होइन, अनुभूतिले गर्छ। यो त जीवनले दिएको त्यस्तो नि:शुल्क उपहार हो, जुन बाँड्दै जाँदा घट्दैन, झन् बढ्दै जान्छ। #शुभदिनको_कामना 🙏🌺🌷
2
11
20
871
प्रधानमन्त्रीले बोलेनन् बोलेनन् भन्या होइन ? देखौ नि प्रधानमन्त्रीले बोलेपछी के के बोल्छन् ? नबोल्दा बोलेनन् भनेर गुनासो, बोलेपछि अन्टसन्ट बोलेरै हैरान 😂 जिम्मेवार पदमा बसेका जिम्मेवार ब्यक्तिले बोलेको हरेक शब्दको जिम्मेवारी हुन्छ। आधारबिना बोलेको कुरा अन्ततःआफैंलाई भारी पर्छ🙁
5
13
587
गुनासो अब कसैसँग होइन आफ्नै भरोसासँग छ, हारेको यो मन पनि आफ्नै गलत रोजाइसँग छ । पछुतो त छुटेका बाटाे वा अधुरा सपना होइन, मन नबुझ्ने मान्छेलाई दिएको पूरा समयसँग छ । #शुभसमय ❤️🙏🌹
3
10
29
1,146
दुख लाग्छ नेपालकाे दरिद्र पत्रकारिता देखेर 😭😭😭 ढिलै भएपनी श्रीषा कार्कीलाई न्याय मिलोस्, अपराधी उम्कन नपाओस् ❤️🌹
1
4
9
506