नेपाल र भारतको आजको वार्ताले आपसी विश्वास, सम्मान र सहकार्यको बलियो आधार निर्माण गरोस्। नेपालको राष्ट्रिय हित र स्वाभिमानलाई केन्द्रमा राख्दै समृद्धि, विकास र स्थायित्वका नयाँ ढोकाहरु खुलून्।
दुई देशको मित्रता अझ प्रगाढ बनोस्।
शुभकामना!
1
6
882
संविधान हाम्रो संघर्ष,आकांक्षा र परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने मूल दस्तावेज हो। यसको मर्म र भावनाअनुसार समुन्नत राष्ट्र निर्माणमा अघि बढ्नु आजको साझा दायित्व हो। संविधानको प्रभावकारी कार्यान्वयन र संरक्षणप्रति सबैमा जिम्मेवार बन्ने प्रेरणा मिलोस्। संविधान दिवसको शुभकामना।
135
अहिले समाजमा देखिएका अप्रिय घटनाहरूले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेका छन, हामीले आफ्ना सन्तानलाई दिइरहेको शिक्षामा संस्कार मिसिएको छ कि छैन?ज्ञानले हामीलाई सक्षम बनाउँछ,संस्कारले सही र गलत छुट्याउन सिकाउँछ। त्यसैले अब सन्तानलाई शिक्षासँगै, अनुशासन र मानवीय मूल्य पनि सिकाऔँ।
1
196
पँधेरीमा पानी रित्तिएको छैन, ढुङ्गेधारा सुकेको छैन। तर पँधेरी भएका ठाउँमा मानिस रित्तिए,
पहिले यही पधेरीमा भेटिन्थे गाउँका कथा, हाँसो, दुःख–सुख र आत्मीयता।धारा उस्तै छ, तर पानी भर्ने र मन साट्ने मानिसहरू छैनन्।
पानी घरभित्र पसेसँगै हाम्रो सामाजिक आत्मीयता पनि घरभित्रै थुनियो कि?
आज नागढुंगा सुरुङमार्ग कसले बनायो भन्नेभन्दा पनि यसलाई निरन्तर अघि बढाउने सबैलाई धन्यवाद दिने दिन हो। अध्ययनदेखि उद्घाटनसम्म योगदान दिने सबै सरकार, प्रधानमन्त्री, मन्त्री, कर्मचारी, प्राविधिक, कामदार र जापनिज सरकारप्रति सम्मान।अब श्रेय होइन, निरन्तरताको संस्कृतिको बहस गरौँ।
129
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा धेरै श्रद्धाञ्जली तथा भाषणका कार्यक्रम भए। वास्तवमा बीपीलाई सम्झिएर मात्र पुग्दैन, उहाँले देखाउनुभएको लोकतन्त्र, राष्ट्रियता, सहमति र मेलमिलापको मार्गलाई व्यवहारमा पनि अपनाउन सक्नुपर्छ। बीपीलाई तस्बिरमा मात्र होइन, विचारमा जीवित राख्न सक्नुपर्छ
1
2
248
"असारको हिलोमा मंसिरको भकारी देख्न सक्नुपर्छ।"
आजको हिलो, दुःख र परिश्रमनै भोलिको समृद्धिको आधार हो। कठिनाइसँग नआत्तिने, धैर्य र मेहनतलाई साथ दिनेले नै फल पाउँछ। राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सबैमा हार्दिक शुभकामना।
किसानको श्रमप्रति सम्मान गरौँ। 🌾
योग, केवल शरीरलाई स्वस्थ बनाउने अभ्यास मात्र होइन, मनलाई शान्त, विचारलाई सकारात्मक र जीवनलाई सन्तुलित बनाउने एक साधना हो। नियमित योगले आत्मबल, अनुशासन र आन्तरिक आनन्द प्रदान गर्छ। स्वस्थ शरीर, शान्त मन र सुखी जीवनका लागि योगलाई जीवनशैली बनाऔँ।
विश्व योग दिवसको शुभकामना!
1
4
188
हरेक विश्वकपले नयाँ सुपरस्टार जन्माउँछ। कसैले उपाधि जित्छन्, कसैले जित्दैनन्, तर प्रतिभा, अनुशासन र सकारात्मक छापले उनीहरूलाई इतिहासमा अमर बनाउँछ। जीत–हार क्षणिक हो, असल व्यवहार र प्रतिबद्धताले नै दीर्घकालीन विरासत निर्माण गर्छ। शुभप्रभात। ☀️⚽
3
179
व्यवसायमा आउने उतारचढाव स्वाभाविक हुन्। कोभिडले केही समय सुस्ताएको पर्यटन क्षेत्र फेरि नयाँ आशा र सम्भावनासहित अघि बढ्दैछ। बढ्दो सकारात्मक संकेतहरूले पर्यटकीय राजधानी पोखराप्रतिको विश्वास थप बलियो बनाएको छ। पर्यटनसँग आबद्ध सबैको प्रगति र समृद्धिको कामना गर्दै, पोखरालाई शुभकामना।
8
200
रवि लामिछानेको भारत भ्रमणले नेपालका लागि नयाँ सम्भावना र अवसरका ढोका खोलोस्। छिमेकीसँगको सम्बन्ध थप विश्वासिलो, आर्थिक सहकार्य अझ सशक्त र युवाका लागि रोजगारी तथा लगानीका अवसर विस्तार होऊन्। कूटनीतिक संवादले देशको हितमा सकारात्मक योगदान पुर्याओस्
शुभकामना!
3
181
Happy Int’l Day of Families
माकुरा, अक्टोपस र पेन्गुइन जस्ता जीवले सन्तानका लागि गर्ने प्राणको त्याग अतुलनीय छ। तर, मानव अभिभावकत्व त्योभन्दा माथि छ। आमाबुवाले जन्म र भोजन मात्र दिँदैनन्; निस्वार्थ प्रेम, संस्कार, र सपना देख्न सिकाउँदै सन्तानको चरित्र र भविष्य उज्यालो बनाउँछन्।
2
214
'अल्लाह'को रहमत, दया र बरकत सधैं तपाईंमाथि रहिरहोस्।ईदको पवित्र अवसरले तपाईंको मनमा शान्ति,हृदयमा विश्वास र जीवनमा नयाँ उज्यालो भरिदियोस्।जीवनमा आउने उतारचढाव र कठिन यात्राहरु सिकाइ बनुन् ।अल्लाहले तपाईंका हरेक नेक चाहना पूरा गरून्।
ईद मुबारक!
1
86
No matter how difficult yesterday was, today arrives with fresh energy, new hope, and another chance to grow, improve, and move forward.
Dream again. Start again. Believe again.
2
89
अबको बजेटले भाषण होइन, परिणाम र भरोसा दिन सकोस् भन्ने अपेक्षा छ। यदि सरकार दृढ रह्यो भने नेपालमै लगानी, रोजगारी र सम्भावनाको स्वर्णिम अध्याय सुरु हुन सक्छ।
Cristiano Ronaldo ले भर्खर जन्मेकि छोरी गुमाऊछन् । ऊनले त्यहाँ भएका सम्पूर्ण डाक्टर नर्सलाई सक्दो प्रयास गरेकोमा हात जोडेर धन्यवाद भन्छन्। ऊनीसँग पैसा थियो, सबथोक थियो ।
खुट्टा झम्झमाएमा:
जब बायाँ खुट्टा झम्झमाउॅछ त्यसबखत तपाईंले पूरा ताकत लगाएर दाहिने हत्केला हल्लाउनुहोस । यसैगरी दाहिने खुट्टा झम्झमाएको खण्डमा पूरा ताकत लगाएर बायाॅ हत्केला हल्लाउनुहोस ।











