Tilu Sharma (@Tilupdl) header
Tilu Sharma (@Tilupdl) profile picture

मन परे दिलमा नपरे डिलमा,खुल्ला किताब,तर कमैले बुझ्ने म्याग्दी राखुको एक युवा !

Myagdi, Beni
Joined December 2014
Photo by Tilu Sharma (@Tilupdl)Photo by Tilu Sharma (@Tilupdl)Photo by Tilu Sharma (@Tilupdl)Photo by Tilu Sharma (@Tilupdl)Photo by Tilu Sharma (@Tilupdl)Photo by Tilu Sharma (@Tilupdl)Photo by Tilu Sharma (@Tilupdl)Photo by Tilu Sharma (@Tilupdl)Photo by Tilu Sharma (@Tilupdl)Photo by Tilu Sharma (@Tilupdl)
बिरामीहरू ! राजनीतिको बेसीक चेत भएका केही प्राणीहरूलाई लाग्छ, अरूको विरोध गर्नु नै आफ्नो राजनीतिक धर्म हो। जसलाई देख्यो उसैको विरोध, जसले बोल्यो उसैको विरोध। अनि भ्रम यो छ यिनर्लाई—यसरी नै जनताको मन जितिन्छ, मत बढ्छ र नेता बनिन्छ। बिरामीहरु हो यो तिमर्को विरोधको रोग हो राजनिति हैन!
1
158
स्पष्ट बहुमतको सरकारका प्रधानमन्त्री भारत भ्रमणमा गएपछि नेपालको सीमा विवाद, सुगौली सन्धिको पुनरावलोकन, भारत/ नेपालले मिचेको भूमि फिर्ता, ग्रेटर नेपालको नक्सा र नेपाली विमानका लागि सहज हवाई प्रवेश मार्गजस्ता विषय उठे कि उठेनन्? छिमेकीसँग सहयोग माग्न जाँदा २–४ अर्ब रुपैयाँ सहयोग पाउनु त दान दिएजस्तै होला। तर देशको भूमि, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा के उपलब्धि हासिल भयो? भारतसँग नेपालको यति धेरै समस्या छन्। स्पष्ट बहुमतको सरकार, बलियो जनमत र शक्तिशाली प्रधानमन्त्री हुँदा पनि यी विषय उठाउन सकिएन भने कहिले उठाउने? कि भारत गएर घण्टा हल्लाउने, फोटो खिचाउने, सहयोगको पोको बोकेर फर्किने मात्रै हो ? देशले खोजेको प्रधानमन्त्रीको भ्रमणको उपलब्धि हो, भ्रमणको तामझाम होइन। कि घण्टे सरकारका प्रमुख घण्टा हल्लाएरै फर्किए?
24
तिहारका सेलरोटी बाँकी छन्? यसरी बनाउनुहोस् नरम र स्वादिलो अनि मज्जाले खानुहोस् 😋 क)प्रेसर कुकरमा केही मात्रामा तेल हाल्नुहोस्। ख) सेलरोटी कुकरमा राख्नुहोस्। ग)आवश्यक मात्रामा पानी र दूध हाल्नुहोस्। घ) कुकरमा २ सिट्टी लगाउनुहोस्। ङ)केही समय पर्खिएपछि खोल्नुहोस् र खानुहोस्। नोट: पानी र दूध धेरै नहाल्नुहोस्, सेलरोटी डुब्ने गरी नभई हल्का भिज्ने गरी राख्दा राम्रो हुन्छ।
45
नेपाल र भारत बिचको खेलमा पनौती लाउन को को कतारको स्टेडीयममा पुग्या थ्यौ ?
47
फेसबुक, इन्स्टाग्राम मात्रै किन? अब आफ्नै नेपाली सामाजिक सञ्जाल पनि चलाऔँ! नेपालीले बनाएको नेपालीकै एप ‘Thopla – Connecting Nepali’ लाई माया गरौँ, प्रयोग गरौँ र सबै नेपालीमाझ पुर्‍याऔँ। ❤️ नेपाली युवा उज्ज्वल खनालको पहलमा विकसित यस एपमा पोस्ट, फोटो, भिडियो, रिल्स, च्याट, लगायतका सुविधा छन्। विश्वभर छरिएर रहेका नेपालीलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने यसको उद्देश्य निकै प्रशंसनीय छ। विदेशी प्लेटफर्मलाई मात्रै प्राथमिकता होइन, आफ्नै देशका युवाको सिर्जना र प्रविधिलाई पनि साथ दिऔँ। एप डाउनलोड गरौँ, प्रयोग गरौँ र साथीभाइ तथा आफन्तलाई पनि जोडौँ। नेपाली एप, नेपालीको साथ र नेपालीकै पहिचान! 🇳🇵
1
2
89
राजनीति गर्न उमेरको हदबन्दी नहुने, तर जेल बस्न उमेरको हदबन्दी हुने ? भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका टोपबहादुर रायमाझीको विषयले एउटा गम्भीर प्रश्न खडा गरेको छ। राजनीति गर्न उमेरले नछेक्ने, तर कानुनी सजाय भोग्ने बेला उमेरको हदबन्दी लागू हुने कस्तो व्यवस्था हो ? आजको सजाय भोगेपछि भोलि फेरि सक्रिय राजनीतिमा फर्किने कि नफर्किने भन्ने सुनिश्चितता के छ ? सार्वजनिक पद र राजनीतिक शक्तिको दुरुपयोग गरेर अपराध गर्नेहरूलाई कानुनले कस्तो जवाफदेहिता सुनिश्चित गर्छ ? कानुन सबै नागरिकका लागि समान हुनुपर्छ, नेताको सुविधा र अनुकूलताअनुसार होइन। यदि कानुनको व्याख्या र कार्यान्वयनमै पहुँचवालालाई सहजता हुने हो भने सुशासन र विधिको शासनको अर्थ के रहन्छ ? जेनजी पुस्ताका अगुवा भनिनेहरूले पनि यस विषयमा गम्भीर ध्यान दिन जरुरी छ। परिवर्तनको आवाज केवल अनुहार बदल्नका लागि होइन, कानुन सबैका लागि समान हुने व्यवस्था स्थापित गर्नका लागि हुनुपर्छ।
80
एउटी सानी बालिकाले रुकुमको खोलामा काठको पुल बनाउँदा प्रचन्डका आशेपाशेको निद हराम हुन्छ भने बुझ्नुस्, समस्या त्यो पुलमा होइन, यिनरको मानसिकतामा छ। स्मृति तिमल्सिना र दिल निशानी मगरजस्ता आवाजहरूमा बेचैनी किन बढीराछ ? एउटी बालिकाको सिर्जनशीलता र श्रमले जनप्रतिनिधीको कमजोरी देखाइदिँदा गणतन्त्रका ठेकेदारहरूको प्रतिष्ठा किन हल्लिन्छ? जनताको आवाज उठाउने हरेक व्यक्ति कसैबाट परिचालित हुन्छ भन्ने मानसिकता आफैँमा "राजनीतिक बिरामी दरिद्रता" हो। आफ्नो चेतनाले प्रश्न गर्ने नागरिकलाई परिचालित देख्नेहरू हो, पहिले आफ्नो विवेकको ऐना हेर उपचार गर । एउटी बालिकाले काठको पुल बनाउँदा तिम्रो पुरै दल हल्लिन्छ भने त्यो बालिकाको कमजोरी होइन, तिम्रो राजनितिक असफलता हो।
64
ढाका टोपी लगॉउदा सिलाएको भाग देब्रे साईड पारेर लगाउनु पर्दोरहेछ ।
1
125
पशुपती शर्माको "लुटन सके लुट" गीत सहन नसकेका पिउसॉहरुले शंकर क्षेत्रीको गीतको समर्थन गरीराछन । नैतीक हरामखोरहरुलाई गीतको अन्तरा, थेगो, रस, मिटर गीतको सास्कृतिक महत्वसम्मको ज्ञान छैन फेरी ।
89
रविजीलाई एउटा शुभकामना—जिन्दगीमा यस्तो दिन नआओस्, जुन दिन बालेनलाई रास्वपामा भित्र्याउनुभन्दा मुकुल ढकालसँग आत्मालोचना गरेर अघि बढेको भए पो ठीक हुन्थ्यो भन्ने पछुतोले पोलोस्! किनकि बालेनले प्रधानमन्त्री भएपछि आफ्नै पार्टी सभापतिको कुरा कति सुन्लान्, त्यो त समयले देखाउला। कम्तीमा मुकुलले त पार्टी सभापतिको कुरा सुन्थे कि! पार्टीभित्र संवाद हुन्थ्यो कि! देशले पनि केही काम पाउँथ्यो कि! अहिले बालेनको पछि लागेर भोलि मुकुलको सम्झनामा आत्मालोचना गर्नुपर्ने दिन नआओस्। रविजी, राजनीति भनेको मान्छे ल्याउने र हटाउने खेल मात्रै होइन, सही मान्छे चिन्न सक्ने विवेक पनि हो। यो मेरो व्यङ्ग्य होइन, भविष्यमा तपाईंले आफैँ गर्नुपर्ने आत्मालोचना बाट बच्न गरिएको अग्रिम शुभकामना हो! 😏
4
1
30
3,082
अर्काकी छोरीको चरित्रमाथि औँला उठाउनुअघि एकपटक आफ्नै घरको ऐना हेर्नुस्! कुनै युवती नाबालिका थिइन् भने उनीसँग यौनजन्य व्यवहार गर्नु, उनको अपरिपक्वताको फाइदा उठाउनु वा यौनिक संवाद गर्नु अपराध हुन सक्छ । चर्चित होस् वा सामान्य नागरिक, गल्ती गर्नेलाई कानुनले कारबाही गर्नुपर्छ। यसमा दुईमत छैन तर कसैको निजी भिडियो वा संवाद सार्वजनिक भयो भन्दैमा त्यसलाई खोजीखोजी हेर्ने, डाउनलोड गर्ने, अरूलाई पठाउने, सामाजिक सञ्जालमा फैलाउने र महिलाको चरित्रमाथि फैसला सुनाउने अधिकार कसैलाई छैन। अझ आफ्नै घरमा हुर्किंदै गरेका छोरीहरू छन्, तर अर्काकी छोरीको इज्जत उछाल्न सबैभन्दा अगाडि देखिने पुरुषहरूको सोच देख्दा दया लाग्छ । तपाईंकी छोरीबाट भोलि कुनै गल्ती भयो भने समाजले पनि यस्तै शब्दले सम्बोधन गरोस् भन्ने चाहनुहुन्छ ? छोरीका बुबाहरू हो, छोरीलाई अनुशासन सिकाउनुअघि आफूलाई पनि सामाजिक मर्यादा सिकाउनुस् । छोरालाई महिलाको सम्मान गर्न, कसैको निजी क्षणको दुरुपयोग नगर्न र संवेदनशील सामग्री कहिल्यै नफैलाउन सिकाउनुस् । एउटा महिलाको गल्ती भए कानुनले हेर्छ, तर उनको चरित्रहत्या गर्ने छुट समाजलाई छैन। अनुसन्धान र न्यायिक प्रक्रियालाई अघि बढ्न दिऔँ । याद राख्नुस्, महिलाको सम्मान गर्नु भनेको आफ्नी आमा, श्रीमती र छोरीको मात्रै सम्मान गर्नु होइन, अर्काकी छोरीलाई पनि आफ्नै छोरीसरह सम्मान गर्नु हो। छोरीको बुबा हुनुको अर्थ आफ्नी छोरीलाई माया गर्नु मात्रै होइन, अर्काकी छोरीको सम्मान जोगाउन सक्नु पनि हो! #तिलुबाबाशास्त्र @followers
1
197
अमेरिकालाई सूचना बेच्दा नडराएको कांग्रेस, महाकाली बेच्दा नडराएको कांग्रेस, उद्योग धन्दा बेच्दा नडराएको कांग्रेस, नेपालीलाई भुटानी बनाएर बेच्दा नडराएको कांग्रेस, बालमन्दिर-बाँसबारी बेच्दा नडराएको कांग्रेस, लाउडा विमान खाँदा नडराएको कांग्रेस, ललिता निवास झ्वॉम पार्दा नडराएको कांग्रेस, जाबो १८ करोडको काण्डमा किन डराउँछ ? —— जय नेपाल —— देशवाला——
1
83
नाकका प्वाल देखी चाकका प्वाल सम्म कपाल फुले तर मन बुढो हुदैन😀
2
149
पत्रकारीता आफ्नै रगतमा गर्नु परेमा टिकाराम यात्रि भईने रच - मामा भान्जा साईनोले डुबाएनत अब Show ?! दक्षिणा पैसा दिनुस आशिर्वाद दिनुस तर भान्जा भन्दैमा मलद्धारलाई हरिद्धारको बर्णन गर्न भएन नि यात्री जी !
1
80
दुब्लाईन्छ रे त
91
म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती स्थित भगवती कोत मन्दिरमा नवमीको दिनमा दिने सरकारी राँगोको वलिको बढी बढाउ आज साँझ ८ बजे पछि सुरु हुने भएको छ । अष्टमी अर्थात् कालरात्रिमा खुला बढिबढाउ गरि नवमीका दिनमा मार हान्ने प्रचलन तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि चल्दै आएको छ । पुजा समितिले निर्धारण गरेको मुल्यबाट बोलकबोल सुरु हुने गर्दछ l रॉगोको छेदन गर्ने व्यक्तिलाई पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरूले टाउकोमा फेता गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । सरकारी रागोपाठोसंगै पञ्चौल राँगो हान्नेलाई पनी आफन्तजनले सम्मान गर्ने गर्दछन् । राँगो काटेपछि मनले आँटेको पुग्ने जनविश्वासले गर्दा बढिबढाउमा भाग लिनेहरू बढ्दै गएका छन्। यहाँ सरकारी मार हान्न हुने बोलकबोल रकम नेपालकै सबैभन्दा धेरै रहेको अनुमान गरिएको छ । गत बर्ष यहा दिइने बलिको राँगो बिगत ९ बर्ष देखि फ्रान्स आर्मीमा कार्यरत राखु भगवती स्थित नागनागीका भगवान खत्रीले सबै भन्दा धेरै रु ४ लाख ९२ हजार रकम कबोल गरेर मार हानेका थिए l गतबर्ष सरकारी मुल्य ५० हजार रहेको थियो l मैदानमा भुतवलीका लागी दिईने बलीको बढीबढाउ १२ हजारमा जित्दै भगवानकै भाई शान्त खत्रीले मार हान्दै एकै बर्ष एकै घरका दुइ भाइले मार हान्ने इतिहास समेत कोरेका थिए l हेरौ यो बर्ष के हुन्छ ?
1
88
"आफ्नै समाचार" कतारमा मजदुरी गरिरहेका तिलु शर्मा पौडेलको ‘हरेक वर्ष नेपाल जाने’ अभियान यस पटक केही पर धकेलिएको छ। विश्वस्त स्रोतका अनुसार, उनी अहिले आर्थिक दबाब र गरिबीको चपेटा सहित जुठोमा पनि छन्। सोही कारण उनले नेपाल जाने आफ्नो योजना तत्कालका लागि स्थगित गरेका छन्। उनको पूर्ववत् योजनाअनुसार उनी दसैँ तिहारको समयमा नेपालमा हुनुपर्ने हो। तर यस पटक पारिवारिक शोक र कमजोर आर्थिक अवस्थाका कारण उनको योजना सफल हुन सकेन। ‘जेठोबाबुको निधन भएको ४५ दिन नपुगेको र हवाई टिकटसमेत महँगो भएकाले यस पटक नेपाल जान सकिनँ। टिकट महँगो पर्नु एउटा कारण हो, तर वास्तविकता के हो भने मेरो आर्थिक अवस्था कमजोर हुनु नै मुख्य कारण हो,’ उनले तिहार मान्न नेपाल जाने स्पष्ट पारे। विदेशमा छ भन्दैमा पैसा नै पैसाले भरिएको हुन्छ भन्ने कहाँ छ र! परदेशमा पसिना बगाउने सबैका आफ्नै बाध्यता र विवशता हुन्छन्। मन नेपालमै हुन्छ, परिवार भेट्ने रहर पनि उत्तिकै हुन्छ, तर खल्तीले साथ नदिँदा चाहेर पनि घर जान नसकिने रहेछ। गरिबीले रहर रोक्छ, परिस्थितिले पाइला छेक्छ। विदेशमा कमाउनु र आफूले चाहेको बेला नेपाल जान सक्नु फरक कुरा रहेछ। यो तिलु शर्मा पौडेलको मात्रै कथा होइन, प्रवासमा बसेर आर्थिक अभावसँग जुधिरहेका धेरै नेपालीको साझा यथार्थ हो l
1
82
अडियो खगेन्द्र सुनारको पनी हैन, महिलाको पनी हैन, AI को पनी हैन, हो चै कस्को ? टेन्सन भो त !!😳
1
103
खगेन्द्र सुनारको पद मात्र हैन मान्छे नी जेल जान्छ - ढुक्क हुनुस !!
11
259
ए भनभन भाइ हो भन कति खाइयो भन छिटो चाहियो भैलीको शैलीमा प्रश्न हुँदैन साथीहो भालेलाई बास्न सिकाउने लाफिङ बुद्धलाई हाँस्न सिकाउने उचाल्दा गानै जाने, सुन्दा कानै जाने गाली गर्ने खगेन्द्र किन पक्राउ पर्दैनन ? छाडा बोलेकै आधारमा झापालीस पक्राउ परे ! कसैले बिदेशबाट स्टाटस लेखैके भरमा एक कलाकार पक्राउ परे । प्रहरी त्यती सक्रिय थियो कसैका लागी । रास्वपाका सांसद खगेन्द्र सुनारले एक महिलासंग अन्तरंग भिडियो नै बनाएका रहेछन भने भिडियोको आडमा पैसा असुल्दा रहेछन भन्ने कुरा (अप्रमाणीत) सार्वजनिक अडियोले बताउछ । सुनार सहित ति पुर्व मन्त्री (बागमती प्रदेश) पनि पक्राउ परीसक्न पर्ने हैन र ? दुबै जना अनुसन्धानको दायरमा आउनु पर्दैन र ? सार्वजनिक अडियोको तथ्य जॉच गरी कारबाही गर्न प्रहरीले कस्को आदेश पर्खेको हो ? ए भन भन भाई हो .....
97