सीमा (@Vim1490) header
सीमा (@Vim1490) profile picture

जीन्दगी अनमोल छ ...

माहाभारत
Joined November 2021
Photo by सीमा (@Vim1490)Photo by सीमा (@Vim1490)Photo by सीमा (@Vim1490)Photo by सीमा (@Vim1490)
यसलाई “सम्बन्ध सुधारको नयाँ अध्याय” र “अहिलेसम्मकै ठूलो उपलब्धि” भनेर किन बेच्न खोजिरहेको ?
सिन्काले दाँत कोट्याउने मात्र हो, पोखरी खन्ने होइन। दिल्लीमा २५ घण्टा बसेर फर्केपछि खोज्दै गरेको “उपलब्धि” हेर्दा यही उखान सम्झिन्छ। पुरानै एजेन्डामा अलि थपिएको एयर रुट, पेट्रोलियम पाइपलाइनको विस्तार, बाढीपछिको पुनर्निर्माणका लागि दिइएको ठूलो रकमको प्याकेज, आठवटा समझदारी र अयोध्या-जनकपुर रेल — यी सबै पुराना सरकारहरूले उठाउँदै आएका विषयको निरन्तरता मात्र हुन्। नयाँ केही छ भने त्यो मोदीको अँगालो र “युवा प्रधानमन्त्रीको सकारात्मक पहिलो भेट” भन्ने फोटो र प्रशंसा हो। सीमा, लिपुलेक, गोर्खा भर्ती, श्रमिकका जटिल मुद्दा जस्ता ठूला पोखरी खन्नुपर्ने ठाउँमा सिन्काले दाँत कोट्याएर “ऐतिहासिक ब्रेकथ्रु” भन्न खोज्नु हास्यास्पद लाग्छ। ८०-९० प्रतिशत सहमति पुरानै निरन्तरता भएको विश्लेषकहरूले भनेकै छन्। तर यसलाई “सम्बन्ध सुधारको नयाँ अध्याय” र “अहिलेसम्मकै ठूलो उपलब्धि” भनेर किन बेच्न खोजिरहेको ? भ्रमण छोटो भयो, फोटो राम्रो आयो, प्याकेज घोषणा भयो ! तर ठूला मुद्दाहरू जस्ताको तस्तै छन्। अब सिन्कालाई पोखरी खन्ने औजार भनेर देखाएर उपलब्धि गन्न खोज्नु भनेको दन्त किरा निकालेर बाढी नियन्त्रण गरेको जस्तो हो। आमजनता हरुले यो फरक बुझ्नेछन्।
1
132
आँखा चिम्लेर समर्थन गर्नु र विवेक प्रयोग गर्नुमा धेरै फरक छ।
आँखा चिम्लेर समर्थन गर्नु र विवेक प्रयोग गर्नुमा धेरै फरक छ। 'गल्ती गरे जोसुकै जेल जानुपर्छ' भन्ने नारा तब मात्र सार्थक हुन्छ, जब आफ्नै प्रिय नेतामाथि कानुन लाग्दा पनि समर्थकहरू मौन रहेर विधिको शासनलाई स्वीकार गर्छन्। हेरौँ, भोलि कानुनले घरमुलीलाई दोषी ठहर्‍याउँदा अन्धसमर्थनले जित्छ कि न्यायप्रतिको सम्मानले!
2
17
बस्ती खाली गराउनु परोस् कि नयाँ–नयाँ सनकी उर्दी जारी गर्नुपरोस्, सबै यही जनताकै ‘अखण्ड जनादेश’ को पवित्र प्रसाद त हो! आखिर दुई तिहाइको बलले उम्लिएको तातो रगत न हो, सरकारले सुशासन गर्दा जनताले ताली बजाएर “सुशासन छाएको” उत्सव मनाउनु नै सर्वोत्तम धर्म देखिन्छ।
जनताले चुनावमा दिएको त्यो ‘दुई तिहाइ’ को मतपत्र वास्तवमा मत मात्र कहाँ थियो र? त्यो त सरकारको नाममा जारी गरिएको ‘सुशासन कायम गर’ भन्ने खुला लाइसेन्स पो थियो! अब ‘शान्ति र सुशासन’ जोगाउने यति ठूलो ऐतिहासिक ठेक्का काँधमा परेपछि सरकारले आफ्नै सुरमा त्यही नगरे कसले गर्छ त? हुन त हो, जनतालाई कहिलेकाहीँ आफ्ना सानातिना अधिकार र स्वतन्त्रता खोसिएको जस्तो भ्रम पर्न सक्छ। तर दुई तिहाइको भारी मुन्तिर थिचिएका सरकारका कदमहरूलाई त्यसरी सानो चित्त गरेर हेर्न मिल्दैन। देशमा सुशासनको यति कडा पहरा छ कि विरोधमा चुइँक्क आवाज निकाल्न खोज्नेलाई पनि “सुशासन भङ्ग होला” भनेर चुपचाप तह लगाइन्छ। बस्ती खाली गराउनु परोस् कि नयाँ–नयाँ सनकी उर्दी जारी गर्नुपरोस्, सबै यही जनताकै ‘अखण्ड जनादेश’ को पवित्र प्रसाद त हो! आखिर दुई तिहाइको बलले उम्लिएको तातो रगत न हो, सरकारले सुशासन गर्दा जनताले ताली बजाएर “सुशासन छाएको” उत्सव मनाउनु नै सर्वोत्तम धर्म देखिन्छ।
8
84
जनताको ध्यान मोडेर केही समय सत्ता जोगाउन सकिएला, तर सत्य र जवाफदेहिताबाट कहिलेसम्म भाग्न सकिएला? कतै आफ्नै घरभित्रको आगो लुकाउन देशलाई नै धुवाँले ढाक्ने प्रयास त भइरहेको छैन?
मिडियालाई प्रयोग गरेर विपक्षीसँग भिड्नबाट पन्छिने रणनीति अपनाइरहेको सरकारलाई सबैभन्दा ठूलो डर विपक्षीबाट नभई आफ्नै पार्टीभित्रबाट रहेको कुरा अब छर्लङ्ग हुँदै गएको छ। सापकोटा भाइले प्रधानमन्त्रीकै नाम आफ्नै मुखारविन्दबाट सार्वजनिक गरिसकेपछि अरूको नामसमेत जोडेर सस्तो राजनीतिको सहारा लिन खोज्नु सरकारको हतास र कमजोर मानसिकताको उपजबाहेक अरू केही होइन। राज्यका अङ्गहरू एकपछि अर्को गर्दै आ–आफ्नै तालमा चल्न थालेपछि त्यसको जवाफदेहिता लिनुपर्ने सरकार भने वास्तविक मुद्दाबाट जनताको ध्यान मोड्न अनेकौँ प्रपञ्च रच्न व्यस्त देखिन्छ। जनताका सवाल, सुशासन र राज्य सञ्चालनका गम्भीर विषयलाई ओझेलमा पारेर आरोप–प्रत्यारोपको सस्तो खेल खेल्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा हो। देशको वर्तमान राजनीति हेर्दा सत्ताको मोह, आन्तरिक त्रास र स्वार्थको द्वन्द्वले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने खतरा बढ्दै गएको छ। यस्तो गैरजिम्मेवार प्रवृत्तिले देशलाई कहाँ पुर्‍याउने हो, चिन्ताको विषय बनेको छ। आखिर सरकार विपक्षीसँग डराएको हो कि आफ्नै पार्टीभित्र लुकेका सत्यहरूसँग? यदि सरकार साँच्चिकै निर्दोष र जवाफदेही छ भने मिडियाको आडमा विषयान्तर गर्नुको सट्टा उठेका प्रश्नहरूको जवाफ दिन किन तयार हुँदैन? जनताको ध्यान मोडेर केही समय सत्ता जोगाउन सकिएला, तर सत्य र जवाफदेहिताबाट कहिलेसम्म भाग्न सकिएला? कतै आफ्नै घरभित्रको आगो लुकाउन देशलाई नै धुवाँले ढाक्ने प्रयास त भइरहेको छैन?
26
आज जनताले सुरक्षा र अमनचयनको महसुस गर्न सकेका छैनन्। जनताले प्रतिवाद नगर्नु उनीहरूको कमजोरी होइन, अपितु राज्यप्रतिको बाध्यता वा व्यवस्थाप्रति देखिएको खिन्नता हो।
अमूर्त आतङ्क र असुरक्षाको बादलबीच जकडिएको वर्तमान हालको राजनीतिक तथा सुरक्षात्मक अवस्थाले आम नागरिकमा गम्भीर प्रश्न र त्रास उत्पन्न गरेको छ। प्रहरीको भेष वा नाममा दिनदहाडै हुने धरपकड र आपराधिक गतिविधिले राज्यको उपस्थितिमाथि नै प्रश्नचिह्न खडा गरेको छ। यदि सरकारलाई समेत पत्तो नभई यस्ता घटनाहरू भइरहेका छन् भने यसले प्रशासनिक संयन्त्रको कमजोरी वा भित्री चलखेललाई प्रष्ट्याउँछ। लोकतान्त्रिक राज्यका चारवटै स्तम्भ, विशेष गरी राज्यको चौथो अङ्ग (सञ्चारजगत) समेत असुरक्षित र आतङ्कित हुनुले समाजमा अराजकताको सीमा नाघेको सङ्केत गर्छ। आज जनताले सुरक्षा र अमनचयनको महसुस गर्न सकेका छैनन्। जनताले प्रतिवाद नगर्नु उनीहरूको कमजोरी होइन, अपितु राज्यप्रतिको बाध्यता वा व्यवस्थाप्रति देखिएको खिन्नता हो। जब राज्यका नागरिकहरू आफ्नो सुरक्षाको ग्यारेन्टी नभई बाँच्न विवश हुन्छन्, तब लोकतन्त्रको अर्थ समाप्त हुन्छ। आफैले बनाएको सरकार को गतिबिधी बारे "थाहा छैन" भन्ने सहकारी प्रवृत्ति को मन्चन किन गर्दैछ रास्वपा ले ? श्रीपशुपति नाथ ले बिश्व जगत को रक्षा गरुन !
5
1
35
प्रशासनिक संयन्त्र, नेपाल प्रहरी लगायतका सुरक्षा निकायलाई एकैोहोरो लाञ्छित गर्दै "नेपाली सेना बाहेक सबै निकाय खराब" भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले गम्भीर प्रश्न जन्माएको छ।
बर्तमान सरकारको छ महिने कार्यकाल: प्रशंसाभन्दा असन्तुष्टिको बाक्लो बादल बर्तमान सरकारले ६ महिने कार्यकाल पूरा गर्दा प्रशासनिक सुधारभन्दा पनि राज्यका स्थापित संरचनामाथिको अतिवादले जनमानसलाई निराश बनाएको छ। प्रशासनिक संयन्त्र, नेपाल प्रहरी लगायतका सुरक्षा निकायलाई एकैोहोरो लाञ्छित गर्दै "नेपाली सेना बाहेक सबै निकाय खराब" भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले गम्भीर प्रश्न जन्माएको छ। राज्यका अङ्गहरू एक-अर्काका पूरक हुन्, तर कुनै एक निकायलाई मात्र चोख्याएर बाँकी सबैलाई भ्रष्ट वा अक्षम देखाउने शैलीले संस्थागत विश्वसनीयतामाथि प्रहार गरेको छ। सरकारको यो गैर-जिम्मेवार कार्यशैली र तुच्छ राजनीतिकरणले कर्मचारीतन्त्रमा मनोबल गिराएको छ भने नागरिकमा राज्यप्रति वितृष्णा बढाएको छ। आम जनताको अपेक्षा विधि, पारदर्शिता र सबै निकायको सुदृढीकरण थियो, तर सरकार लोकप्रियतावादी स्टन्टमा मात्र सीमित देखिन्छ। यस्ता एकांगी र पूर्वाग्रही दृष्टिकोणले देशलाई दीर्घकालीन स्थिरता दिन सक्दैन। राज्यका हरेक संयन्त्रको मनोबल उच्च राख्दै सुधार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुनु दुःखद हो। छ महिने कार्यकाल मै आम जनताहरुमा यसरी चरम निरास बनाएको सरकार ले आफ्नो ५ बर्षे कार्यकाल सक्दा आम जनताहरुले खुन को आँशु रुनु नपर्ला भनेर भन्न सकिन्न ।
32
सहकारी ठगी काण्डदेखि सांसदहरूको लगातारको गुन्डागर्दी र नैतिक विचलनसम्म आइपुग्दा, नयाँ विकल्पको नाममा फेरि पनि आफूहरू ठगिएको महसुस गर्दै आम जनता अहिले निराश मात्र होइन, आक्रोशित बनेका छन्।
रास्वपाका सांसदहरू नै श्रृंखलाबद्ध रूपमा ब्ल्याकमेलिङ, अश्लील अडियो-संवाद, अवैध आर्थिक असुली र सुरक्षा निकायमाथि हतोत्साही हमला गर्नेजस्ता फौजदारी तथा नैतिक अपराधमा मुछिनुले यो पार्टीको वास्तविक औकात छर्लङ्ग पारिदिएको छ। दिनहुँजसो सार्वजनिक भइरहेका यस्ता हर्कतले रास्वपाभित्र कस्ता अराजक, भ्रष्ट र अनैतिक चरित्रका मानिसहरूको बाहुल्य छ भन्ने स्पष्ट हुन्छ। सुशासन, थिति र 'राइट टु रिकल' (Right to Recall) जस्ता मीठा नारा दिएर सर्वसाधारणको मत हत्याएको रास्वपाका जनप्रतिनिधिहरू नै यति तल्लो स्तरको कसुरमा फस्नुले पार्टीको उम्मेदवार चयन प्रक्रिया र आन्तरिक अनुशासन कति धमिलो छ भन्ने छताछुल्ल भएको छ। सहकारी ठगी काण्डदेखि सांसदहरूको लगातारको गुन्डागर्दी र नैतिक विचलनसम्म आइपुग्दा, नयाँ विकल्पको नाममा फेरि पनि आफूहरू ठगिएको महसुस गर्दै आम जनता अहिले निराश मात्र होइन, आक्रोशित बनेका छन्।
1
86
गाउँ-गाउँमा रगत पसिना बगाउने सामान्य कार्यकर्ताको एक मात्र चाहना भनेको 'पार्टीभित्र गुटको होइन, क्षमता र निष्ठाको कदर होस्। यो बन्दसत्रले व्यक्ति होइन, विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर कांग्रेसलाई अझ बलियो, जनप्रिय र समयसापेक्ष बनाउनेछ' भन्ने दृढ विश्वास लिएको छ।
नेपाली कांग्रेसको महाधिवेशन सफलताको शुभकामना! आजदेखि सुरु हुँदै गरेको देशको गौरवशाली पार्टी नेपाली कांग्रेसको बन्दसत्रले देशभरका लाखौं कार्यकर्ता र आम जनतामा एक नयाँ आशा जगाएको छ। नेतृत्व ले बदलिएको समयसँगै पार्टीलाई पनि बदल्नुपर्ने ठूलो जिम्मेवारी काँधमा बोकेका छन। अबको यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नबनोस, कांग्रेसभित्र जरा गाडेर बसेको गुटगत राजनीतिको सधैका लागि अन्त्य गर्ने ऐतिहासिक अवसर बनोस। प्यानल बनाएर चुनाव लड्ने र कार्यकर्तालाई भागबण्डामा बाँड्ने पुरानो अवस्थाको अब अन्त्य हुनुपर्छ। जसले गर्दा कुनै पनि व्यक्तिको खल्तीबाट होइन, बरु पार्टी र जनताका पक्षमा निष्ठापूर्वक काम गर्ने निष्पक्ष र सक्षम नेताहरू चुनिने सुदृढ वातावरण बन्न सकोस। गाउँ-गाउँमा रगत पसिना बगाउने सामान्य कार्यकर्ताको एक मात्र चाहना भनेको 'पार्टीभित्र गुटको होइन, क्षमता र निष्ठाको कदर होस्। यो बन्दसत्रले व्यक्ति होइन, विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर कांग्रेसलाई अझ बलियो, जनप्रिय र समयसापेक्ष बनाउनेछ' भन्ने दृढ विश्वास लिएको छ। जय नेपाल! 🙏
1
115
नेपाली काङ्ग्रेस को १५औं महाधिवेशन सफल पारौं ...
नेपाली काङ्ग्रेस को १५औं महाधिवेशन सफल पारौं ... #NepaliCongress #GaganThapa #facebookviral #facebookpost #facebookreels #cooolrims😘
23
मुक्त भए राम्रो भयो ।
आफुले आफैलाइ भगवान को अवतार घोषणा गर्दै हिडेपछी विभिन्न ब्यवधान हरु सृजीत हुनु स्वभाविक नै हो । मुक्त भए राम्रो भयो । भगवान श्री पशुपतीनाथ ले विश्व को कल्याण गरुण । जय नेपाल्🙏
1
120
इतिहास साक्षी छ—जब-जब देश गम्भीर सङ्कटमा परेको छ, तब-तब कांग्रेसले नै नेतृत्व लिएर देशलाई सङ्कटमुक्त गराएको छ।
देश यतिबेला पूर्ण रूपमा 'कांग्रेसमय' बनेको छ र पार्टी आफ्नै महाउत्सवमा व्यस्त छ। आम जनताको ध्यान र चासो पनि नेपाली कांग्रेसकै महाधिवेशनमा केन्द्रित छ। इतिहास साक्षी छ—जब-जब देश गम्भीर सङ्कटमा परेको छ, तब-तब कांग्रेसले नै नेतृत्व लिएर देशलाई सङ्कटमुक्त गराएको छ। जनताको यो विश्वास र आशालाई आत्मसात् गर्दै महाधिवेशनले देशलाई नयाँ दिशा र निकास दिनेछ भन्ने पूर्ण भरोसा छ। जय नेपाल 🙏 #NepaliCongress #Mahadhiveshan #NepalPolitics #Leadership
1
1
1
139
हरेक मोडमा एउटै रेडिमेड उत्तर “मलाई थाहा थिएन!”
पुडासैनीदेखि सहकारीसम्म, अनि ‘ग्रे जोन’सम्म जवाफ एउटै: “मलाई केही थाहा थिएन!” आफ्नै नेतृत्वमा रहेको गोरखा मिडियामा सहकारीको रकम पुगेको विषयमा संसदीय छानबिनले प्रश्न उठायो। अदालतमा सहकारी ठगीको मुद्दा चलिरहँदा पनि सार्वजनिक बहस रोकिएको छैन। अनि ‘ग्रे जोन’को पछिल्लो रिपोर्टले फेरि नयाँ प्रश्न जन्मायो र नामहरू जोडिए। रिपोर्टका दाबीमाथि पनि सार्वजनिक रूपमा प्रश्न र बहस जारी छ। तर हरेक मोडमा एउटै रेडिमेड उत्तर “मलाई थाहा थिएन!” देश चलाउने जिम्मेवारी लिने मान्छेलाई सबै कुरा थाहा नहुन सक्छ। तर सबै विवादमा थाहा नहुने संयोग चाहिँ कति पटकसम्म संयोग नै हुन्छ? जनताको प्रश्न यत्ति हो “थाहा थिएन” भन्ने जवाफ कहिलेसम्म चल्छ?
5
76
The Grayzone (ग्रे जोन) भन्ने अमेरिकी वेबसाइटमा ९ सेप्टेम्बर २०२६ मा एउटा रिपोर्ट छापिएको छ। thegrayzone.com
The Grayzone (ग्रे जोन) भन्ने अमेरिकी वेबसाइटमा ९ सेप्टेम्बर २०२६ मा एउटा रिपोर्ट छापिएको छ। thegrayzone.com रिपोर्टको मुख्य दाबी यस्तो छ: • लीक भएका कागजातअनुसार सन् २०१७–२०२२ मा नेपालमा चलेको “नीति संवाद” (Niti Sambad) परियोजनामा अमेरिकी सरकारले करिब २ करोड डलर खर्च गरेको थियो। यो परियोजना NED (National Endowment for Democracy) सँग जोडिएको CEPPS मार्फत चलाइएको थियो। • ती कागजातमा रवि लामिछाने, बालेन शाह, सुधन गुरुङ (गृहमन्त्री) र सागर ढकाललाई “catalytic civic leaders” (प्रभाव पार्न सक्ने नागरिक नेता) भनेर उल्लेख गरिएको छ। उनीहरूलाई युवा नेतृत्व विकास, संसदमा परिवर्तन ल्याउने “एजेन्ट अफ चेन्ज” का रूपमा सहयोग गर्ने योजना थियो भन्ने दाबी छ। thegrayzone.com
31
आम जनताहरुले खुनको आँसु झार्दै रुनु पर्ने दिन आउदै छ ।
"पैसाको अभाव मा अस्पताल को गेट बाहिरै नालाको छेउमा सडकमै सुत्केरी हुन बाध्य पार्यो सरकारी अस्पताल ले !" - यो त अझ केही होइन, आम जनताहरुले खुनको आँसु झार्दै रुनु पर्ने दिन आउदै छ ।
3
115
खुद्रे राजनिती मा उत्रे झाँ जी । ग्याँस फ्याक्टर मा जीत निकाले तर पनि गृह मन्त्री को राजीनामा माग्ने आँट अझ आ'छैन ।
खुद्रे राजनिती मा उत्रे झाँ जी । ग्याँस फ्याक्टर मा जीत निकाले तर पनि गृह मन्त्री को राजीनामा माग्ने आँट अझ आ'छैन ।
2
1
137
जनताको अपेक्षाविपरीत सरकारका १० काम
जनताले पुराना शक्तिलाई दण्डित गरेर नयाँ विकल्पलाई दिएको प्रचण्ड जनादेशको अर्थ केवल सत्ता परिवर्तन होइन—शासनको चरित्र परिवर्तन पनि हो। त्यसैले जेन–जीको रगतको मूल्य नारामा होइन, न्याय, सुशासन र जनउत्तरदायी शासनमा देखिनुपर्छ। जनताको अपेक्षाविपरीत सरकारका १० काम १. जेन–जी आन्दोलनका मूल मागलाई ओझेलमा पार्दै भ्रष्टाचार, सुशासन र जवाफदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसक्नु। २. आन्दोलनमा ज्यान गुमाएका र घाइतेहरूको न्याय तथा पुनर्स्थापनालाई पर्याप्त प्राथमिकता नदिनु। ३. सरकार र जेन–जी प्रतिनिधिबीच भएको १० बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन नगर्नु। ४. आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घन र दमनका घटनामा दोषी देखिएकामाथि प्रभावकारी कारबाही अघि नबढाउनु। ५. छानबिन आयोग तथा मानवअधिकार आयोगका प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गर्नु। ६. आन्दोलनका घाइतेलाई उपचार, रोजगारी, शिक्षा तथा सामाजिक सुरक्षाको सुनिश्चितता प्रभावकारी रूपमा नदिनु। ७. जनताले खोजेको पारदर्शिता र भ्रष्टाचारविरुद्धको कठोर अभियानलाई व्यवहारमा पर्याप्त रूपमा अघि नबढाउनु। ८. सत्ता परिवर्तनलाई मात्र उपलब्धि ठानी शासनशैलीमा अपेक्षित परिवर्तन गर्न नसक्नु। ९. जनताको आवाज, आलोचना र असन्तुष्टिलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुको सट्टा राजनीतिक व्यवस्थापनमा सीमित गर्नु। १०. जेन–जीको बलिदानबाट प्राप्त जनादेशलाई जनउत्तरदायी शासन, सुशासन र परिवर्तनको माध्यम बनाउनुको सट्टा पुरानै राजनीतिक संस्कार दोहोर्‍याउने जोखिम बढाउनु। अब पनि नगरे कैले गर्ने ? शहिद जेन्जी लाइ के जवाफ दिन्छौ ?
8
100
यो उद्धार होइन, राजनीतिक नाटक हो। पीडितलाई वास्तविक राहत, खोजी र पुनर्स्थापना चाहिन्छ, लाइक र सेयर होइन। सरकारले यो सामाजिक सञ्जालको नाटक बन्द गरी मैदानमा काम देखाओस्।
रसुवा बाढीले सयौंको ज्यान लिएको यो विपत्तिमा सरकारले उद्धारको नाममा देखावटी काम गरिरहेको छ। हेलिकप्टर उडान र सुरक्षाकर्मी परिचालनको तथ्यांक सामाजिक सञ्जालमा पोस्ट गरेर प्रधानमन्त्री बालेन र मन्त्रीहरू आफूलाई सफल देखाउन व्यस्त छन्। तर भुइँमा समन्वयको अभाव छ। संघीय सरकार प्रदेश र स्थानीय तहलाई बेवास्ता गर्दै सबै क्रेडिट आफैं लिन खोज्दैछ। स्थानीयले घाइतेका लागि हेलिकप्टर माग्दा दस घण्टा कुर्नुपर्यो। विदुरमा राहत सामग्री थुप्रिएको छ, फोटो खिचेर फर्किने क्रम जारी छ भने रसुवाका पीडित भोकभोकै, चिसोमा छन्। सडक टुटेको छ, तर मन्त्री-सांसदहरू फेसबुक-इन्स्टाग्राममा स्ट्याटस हालेर स्टन्टबाजी गरिरहेका छन्। यो उद्धार होइन, राजनीतिक नाटक हो। पीडितलाई वास्तविक राहत, खोजी र पुनर्स्थापना चाहिन्छ, लाइक र सेयर होइन। सरकारले यो सामाजिक सञ्जालको नाटक बन्द गरी मैदानमा काम देखाओस्।
3
40
यो क्षति केवल रसुवाको होइन — यो हामी सबैको घाउ हो।
सार्वजनिक अपिल रसुवाको भोटेकोशी र तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीले हाम्रो छाती चिरेर गएको छ। बगेका घरहरू, टुटेका पुलहरू, हराएका आवाजहरू र आमाबुबाको काख खाली हुनुको पीडा शब्दमा अटाउँदैन। कतिपय परिवारले एकैछिनमा सबै गुमाए। कति बालबालिकाको हातबाट आमाको औंला छुटेको छ। कति आमाबुबाले सन्तानको अनुहार फेरि देख्न पाउने आशामा रात काटिरहेका छन्। यो क्षति केवल रसुवाको होइन — यो हामी सबैको घाउ हो। यस अन्धकार घडीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले ज्यानको बाजी थापेर गरिरहेको खोज–उद्धार हाम्रो राष्ट्रिय गौरव हो। उनीहरूको पसिना, साहस र निद्राहीन रातहरूप्रति हामी नतमस्तक छौं। तर उद्धार मात्र पर्याप्त छैन। बाँचेकाहरूलाई बाँच्ने बल चाहिन्छ , खाना, लुगा, औषधि, आश्रय र माया चाहिन्छ। त्यसैले सम्पूर्ण मानवतालाई हार्दिक अपिल छ: आफूले सकेको सहयोग गरौं। एक छाक कटाएर भए पनि, एक कपडा छुट्याएर भए पनि, एक थोपा आँसुसंगै एक रुपैयाँ जोडेर भए पनि — पीडितको छेउमा उभियौं। तर सहयोग हृदयबाट होस्, देखाउनका लागि होइन। विशेष आग्रह: • मिथ्या सूचना नफैलाउनुहोस्। अपुष्ट भिडियो, संख्या र अफवाहले पीडित परिवारको घाउमा नुन चिमोट्छ। • सहयोगको नाममा आफूखुसी संकलन, भीडभाड र प्रचारबाजी नगर्नुहोस्। यसले उद्धारलाई बाधा पुर्‍याउँछ। • आधिकारिक निकायबाट जारी सूचनालाई मात्र सत्य मान्नुहोस्। • राहत सरकारी तोकिएका खाता, जिल्ला विपद् व्यवस्थापन समिति वा मान्यताप्राप्त संस्थमार्फत मात्र पठाउनुहोस्। आज हामीले देखाउने मानवता नै भोलिको आशा बन्नेछ। जो हराएका छन्, उनीहरूको सम्झनामा बाँच्नेहरूलाई बाँच्न दिऔं। जो बाँचेका छन्, उनीहरूलाई एक्लै नछोडौं। हात जोडौं। हृदय खोलौं। सत्यसँग उभियौं। प्रभावित सबैको शीघ्र राहत, सुरक्षित उद्धार र नयाँ जीवन सुरु गर्ने शक्ति प्राप्त होस्।​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​ जय नेपाल🙏
8
1
154
आन्तरिक विवाद र सत्ता–स्वार्थका कारण पार्टीलाई अदालततर्फ धकेल्ने कदम कदापि स्वीकार्य हुन सक्दैन।
पार्टी एकताको नाममा भ्रष्टाचार, अनियमितता र बदनामीमा मुछिएका नेताहरूलाई फूलमाला लगाएर पार्टीभित्र भित्र्याउने प्रवृत्ति अब रोकिनैपर्छ। पार्टी एकता केवल व्यक्तिको स्वार्थ, पद र कुर्सी जोगाउने माध्यम बन्नु हुँदैन। यसको मूल उद्देश्य देश, जनता र लोकतन्त्रको हित हुनुपर्छ। देश इतिहासकै गम्भीर संकटको अवस्थाबाट गुज्रिरहेको बेला आम जनताले समाधानको विकल्पका रूपमा नेपाली कांग्रेसलाई आशा र भरोसाका साथ हेरिरहेका छन्। यस्तो अवस्थामा आन्तरिक विवाद र सत्ता–स्वार्थका कारण पार्टीलाई अदालततर्फ धकेल्ने कदम कदापि स्वीकार्य हुन सक्दैन। जनताको विश्वास र भावनासँग खेलवाड गर्ने कुनै पनि प्रयासलाई इतिहासले कठोर रूपमा मूल्याङ्कन गर्नेछ। आज आवश्यकता व्यक्तिगत गुट, पद र प्रतिष्ठाभन्दा माथि उठेर पार्टीको आदर्श, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्नु हो। जनताको त्याग, संघर्ष र बलिदानबाट स्थापित लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार गर्न सकिँदैन। नेपाली कांग्रेसभित्र इमानदार, त्यागी, संघर्षशील र लोकतन्त्रका वास्तविक सम्बाहकहरूको सम्मान र नेतृत्व स्थापित हुनुपर्छ। जनताको आवाज, लोकतान्त्रिक मूल्य र देशको भविष्यलाई केन्द्रमा राखेर अघि बढ्ने शक्तिको विजय नै अन्ततः लोकतन्त्रको विजय हुनेछ। जनताले सबै कुरा हेरिरहेका छन्, र गलत कर्मलाई उनीहरूले कदापि माफ गर्ने छैनन्।
6
1
59
बयान को भिडियो किन सार्वजनिक गरेको? जवाफ देउ सरकार !!
बयान को भिडियो किन सार्वजनिक गरेको? जवाफ देउ सरकार !!
7
102