सकृय_खनाल (@lovin201385) header
सकृय_खनाल (@lovin201385) profile picture

प्रेम गरेको मान्छे जिवनमा यसरी रहन्छन जसरि जरुरी हुन्छ सासको लागि अक्सिजन😘😘 (O+)

Osaka-shi Chuo, Osaka
Joined August 2016
सकृय_खनाल retweeted
के पढियो त? ✍️ Bachelor सकियो, Master पढ्ने रे कुन Subject पढ्ने? अरूलाई सोध्ने रे! आफ्नो रुचि के हो, थाहा छैन अरूले जे पढ्छन्, त्यही पढ्ने रे! के पढियो त? CMAT को Form भर्न आउँदैन Transcript निकाल्ने बाटो थाहा छैन। चार वर्ष Bachelor पढियो रे एउटा Form भर्न पनि Cyber धाउने रे! के पढियो त? गाउँमा मेलापात गर्छस्? “छ्या! म त Bachelor पास गरेको!” घरको काममा हात लगाउँछस्? “म त Master पढ्दै गरेको!” काम गर्न लाज लाग्ने रे, घरमा बसेर खानचाहिँ लाज नलाग्ने रे! के पढियो त? फलानो ठाउँमा जागिर खुलेको छ, गर्छस्? “Salary कति?” “सुरुमा पन्ध्र हजार।” “त्यति पैसामा कसले काम गर्छ?” Skill के छ त? “सिकेको त केही छैन, तर Degree चाहिँ छ नि!” के पढियो त? Experience छैन, Skill छैन काम सिक्ने धैर्य छैन। तर पहिलो जागिरमै ठूलो Salary चाहियो काम नगरी Experience चाहियो! के पढियो त? नेपालमा काम सानो देख्ने विदेशमा त्यही काम ठूलो देख्ने। यहाँ भाँडा माझ्न इज्जत जाने उता भाँडा माझ्दा Dollar आउने! यहाँ खेती गर्दा लाज हुने उता Farm मा काम गर्दा गर्व हुने! के पढियो त? घरमा सोध्छन्, “अब के गर्ने?” “विदेश जाने!” “के काम गर्ने?” “जे पाए पनि गर्ने!” “त्यही काम यहाँ किन नगर्ने?” “नेपालमा Future छैन!” Future देशमा छैन कि आफ्नै योजनामा छैन? Facebook Bio मा Educated CV मा Hardworking, Interview मा No Experience, व्यवहारमा No Responsibility! Certificate मा First Division, जीवनको Decision मा Confusion! पढाइमा Management, आफ्नै जीवनमा No Management! के पढियो त? Bachelor सकियो, Master पनि सकिएला भित्तामा Certificate को लाइन पनि लाग्ला। तर सोच उही, बानी उही, अरूकै भरमा जिन्दगी चल्ने भए पढाइ सकिएको हो कि उमेर मात्रै सकिँदै गएको हो? विदेश जानु गलत होइन, सानो काम गर्नु अपमान होइन। तर काम नगर्ने बहाना Degree बन्यो भने, त्यो शिक्षा होइन, घमण्ड हो। Degree ले शिक्षित देखाउँला, तर व्यवहारले असली शिक्षा देखाउँछ। अन्तिम प्रश्न— हामी ज्ञान लिन पढिरहेका छौँ, कि काम नगर्ने बहाना बनाउन? ✍️
4
19
49
1,858
तोकियो प्रेमको मोल राखेर हजारमा राखेर सबै मुल्य तमसा त्यो बजारमा #सुभ_पल्💞💞
10
सकृय_खनाल retweeted
एउटै स्रष्टा, अनेक सृष्टि एउटै आकाश एउटै धर्ती एउटै जल, एउटै वायु सृष्टिका आधार उही स्रष्टा पनि उही। तर कस्तो अचम्म! कतै हिमालका काखमा घामले सुन पोखेको छ कतै मरुभूमिको छातीमा तिर्खाले बालुवा गनेको छ। कतै आकाश छुने महलहरू कतै ओत लाग्ने छानो छैन। कतै विकासले समयलाई जितेको छ कतै समयसँगै बाँच्न मान्छेले संघर्ष गरिरहेको छ। मैले धर्तीको अनुहार हेरेँ प्रकृतिका रङ फरक जीवनका लय फरक मान्छेका भाग्य फरक। हे कृष्ण! तिम्रै सृष्टिको यो कस्तो विस्तार? एउटै बीउबाट यति भिन्न वृक्षहरू कसरी? प्रकृतिले त कुनै सीमा कोरेन नदीले किनार छुट्याएन, हावाले धनी–गरिब चिनेन सूर्यले देश सोधेन। तर मान्छेले तेरो र मेरो भन्दै आफ्नै बीचमा पर्खाल उठायो। एउटै सृष्टिमा यति धेरै भिन्नता किन ? हे सृष्टिका अधिष्ठाता ! यो तिम्रो लीला हो, कि मान्छेले थपेको आफ्नै कथा?✍️
4
15
46
635
सकृय_खनाल retweeted
अरूलाई हृदयदेखि नै सम्मान गर्न सिक्नुहोस्। किनकि कुनै पनि व्यक्तिको वास्तविक पहिचान उसको व्यवहार र मूल्यमान्यताबाट झल्किन्छ। प्रेम बाँड्नुहोस्, सम्मान प्रकट गर्नुहोस् र सबैसँग राम्रो व्यवहार गर्नुहोस्। राधे राधे! ✍️
5
13
45
386
सहनेलाई मात्र थाहा हुन्छ कि उसलाई कति गार्हो छ भन्ने दुनियाले त उसको बाहिरी मुस्कान मात्र देखेको हुन्छ। #सुभ_पल्💞
1
4
87
मृत्यु छ! @....र पो जिबनको हर पल महत्वपुर्ण छ....!! #सुभ_पल💕💕
1
1
28
मेरो जिन्दगीको किताब त पढ्यौ तिमिले तर मुख्य पानाहरुनै पढ्न छुटायौ नि माया #सुभ_पल् 💞💞
1
1
18
"हाँस्ने समय जतिबेला मिल्छ, दिल खोलेर हाँस ! हाँसो निशुल्क औषधि हो !!" ##💞💞
1
1
2
61
कसैलाइ चाहन्छौ त त्यो हद सम्म चाहनु कि ऊ आओस्ति मिलाइ मिलोस् या नमिलोस् तर जब उसलाइ प्रेम मिल्छ नि तब तिम्रै याद !!✊ #💞💞💞
1
1
1
121
मेरो नजरमा तिमिनै पर्यौ भन्ने हरुको नि लाईन नै लागोस! #💞💞
1
3
58
"प्रेमको नटक गर्नेहरुमा पनि प्रलय प्रेम होस चाहने मान्छे म अनि कसरी मैले गर्ने प्रेममा खोट छ भनेर भन्नू हुन्छ महोदय,!" #सुभ_पल्💕💕
1
4
86
सकृय_खनाल retweeted
अर्को जुनि छ भने मेरो भागमा पनि दाजुभाइ/दिदीबहिनी राखिदिनु है भगवान मलाइ धेरै रहर छ दाजुभाइ/दिदीबहिनीको माया र साथ कस्तो हुन्छ भनेर महसुस गर्न यो जुनि यस्तै भयो✍️
11
14
2
84
9,341
तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनी जागी नै रहन्छ । #सुभ_पल्💞💞
1
1
28
सकृय_खनाल retweeted
समय औषधी हो✍️ हरेक निरासाहरूको निवारण गर्ने रहेछ उसलाई चिन्नु सॅंगै यात्रा गर्न जान्नु नचाहेको छोड्न जान्नु चाहेकोलाई जतन गरेर आफ्नै लिने सास जस्तै मानेर आखॅंाले पहिल्याएको दृष्य उसले देखाएको मार्गचित्र रहेछ घाउहरू निको गराउछॅं चर्किएको छाती नियन्त्रणमा ल्याईपुर्याउछ कतै रोग लागेमा उपचार सुझाउछ कतै चोट लागेमा यसैले थुमथुम्याउछ समय औषधी हो ✍️
3
13
37
1,332
सकृय_खनाल retweeted
असल भएको ट्याग कहा राख्छौ त ?✍️ चार हात माथि उफ्रिरिएर कराएछौ मेरो रहर वन्धकी हुन् सक्दैन् मेरो ईच्छाहरू वन्देजमा रहन सक्दैन् रोएछौ भन्दै म तिमी सॅंग वस्न सक्दिन् भन्दै म तिमी सॅंग केहीमा सूहाउदिन् तर लुकाएछौ कोही सॅंगको प्रेमलाई साथीको दर्जा दिई कोही सॅंगको मायालाई मनमा राखेछौ कतै मनमा लुकाई छल गरे छौ आफ्नै सम्वन्धलाई जो टुट्नकै लागि बनेन् आफ्नै भाग्यलाई जो कतै अन्धकार यात्रामा जानै मान्दैन् जय होस् तिमी आफ्नो धरातल विर्सियौ त ! असल भएको ट्याग कहा राख्छौ त ✍️
3
13
39
1,472
“जिन्दगीलाई त्यति सस्तो नि नबनाउनु कि कसैले भाउ दियो भन्दैमा त्यति महँगो नि नठान्नु।” #सुभ_पल्💞💞
1
7
129
सकृय_खनाल retweeted
दुई अक्षरको “माया” मा, दुई अक्षरको “धोका” पाइयो भने, दुई अक्षरको “मुटु” मा चोट लाग्छ………………….!! अनि त्यही चोट बिस्तारै कहिल्यै नमेटिने दुई अक्षरको “घाउ” बन्छ। हाँस्न खोज्दा “आँसु” झर्छ, बाँचुन्जेल मनमा “पीडा” रहन्छ…………………………!! कस्तो अचम्मको रहेछ जिन्दगी, जहाँ माया गर्नेले नै चोट दिन्छ, विश्वास गर्नेले नै धोका पाउँछ, अनि मनदेखि हाँस्ने मान्छेले पनि भित्रभित्रै हजारौँ पीडा लुकाउँछ………………………!! यही त रहेछ, जन्मदेखि मृत्युसम्मको कथा, केही अधुरा सपना, केही टुटेका विश्वास र केही कहिल्यै निको नहुने व्यथाहरू…………………………..!!✍️
2
15
34
904
समन्ध चलाउन त आफुले सोच,बिचार गर्ने हो,अरुको करले त समन्ध बिच्छेदन मात्र गराउने हो!! 💕💕💕
1
2
2
108
सकृय_खनाल retweeted
भीडले कोरिदिएको बजारिया नक्सामा अटाउन छोडेको छु म रङ्गीन मुखौटाहरूको सङ्गीतभन्दा मलाई आफ्नै मौनताको आलाप प्यारो लाग्न थालेको छ। कसैको नजरको तराजुमा जोखिनु छैन मलाई अब न कसैको तालीको अपेक्षा छ न कसैको गालीको डर। म आफ्नै माटोमा उम्रिएको एउटा फूल हुँ जसलाई सुगन्धित हुन कुनै मालीको प्रशंसा चाहिँदैन म जस्तो छु, आफ्नै ब्रह्माण्डमा पूर्ण छु। संसारले मलाई किनारमा छोडोस् या धारमा म निस्पृह छु मेरो पैतालामुनि मेरै धर्ती छ र मेरो शिरमा मेरै आकाश छ✍️
1
16
48
1,107
सकृय_खनाल retweeted
श्रीमद्भगवद्गीता (९.१४) मा भगवान् श्रीकृष्ण भन्नुहुन्छ सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः। नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते॥ दृढ निश्चय भएका भक्तजन निरन्तर मेरो नाम र गुणहरुको कीर्तन गर्दै तथा मेरो प्राप्तिका लागि यत्न गर्दै एवम् मलाई बारम्बार प्रणाम गर्दै सधैं मेरो ध्यानमा युक्त भएर अनन्य प्रेमले मेरो उपासना गर्छन्।✍️
8
10
2
28
360