साथीले सोध्नुभयो -
सुदूरपश्चिमले अभ्यास कहाँ गर्छ? उत्कृष्ट छ्न त!
मैले भने -
आँखाभरि ठूला-ठूला सपना सजाएर, अनुशासन र कहिल्यै नथाक्ने आत्मविश्वास सहित स-साना चौर, नदी किनारका बलौटे बगर, गाउँका खुला पाखा र अन्नबाली भित्र्याएपछि खाली भएका खेतबारीनै प्राय हाम्रा अभ्यास मैदान हुन।
17
सप्तरङ्गी इन्द्रेणीझैँ जीवनमा खुसीका रङहरू छरिऊन्, मखमलीझैँ सम्बन्ध सधैँ सुवासित र चिरस्थायी बनून्। सयपत्रीझैँ उमङ्ग फुलिरहोस्, ओखरझैँ आत्मीयता बलियो बनोस् र दुबोझैँ आयु, आशिष र सौभाग्य अक्षय रहून्।
भाइटीकाको हार्दिक मङ्गलमय शुभकामना! 🙏
18
मनको आकाशमा विवेकको जून उदाओस्, विचारका क्षितिजमा सकारात्मकताको उज्यालो फैलियोस् र आत्मअनुशासनको दीपले सत्कर्मको मार्ग सधैँ प्रकाशित गरिरहोस्।
शुभ दीपावली! 🪔 🙏
16
नेपाली क्रिकेटले नयाँ उचाइ चुमिरहोस्। NPL - ३ को हार्दिक शुभकामना! 🇳🇵🏏
#NepalCricket #NPL2026
33
जागोस् विवेक, जागोस् सद्बुद्धि, जागोस् आत्मज्ञानको दिव्य ज्योति ।
#कोजाग्रत_पूर्णिमा 🙏
1
49
हामी सबैमा आत्मबल, संवेदना र सद्भाव अझ प्रगाढ बनोस्। असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अमानवीयतामाथि मानवताको विजय सदैव भइरहोस्।
शुभ विजयादशमी! 🙏
19
बडादसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ! 🙏
यी पावन पर्वहरूले सुख, शान्ति, सद्भाव र समृद्धि बढाऊन् । विपत्तिबाट प्रभावित सबैमा आशा, साहस र पुनःउत्थानको ऊर्जा मिलोस्।
1
156
"म असाध्यै बुद्धिमान भएर सफल भएको होइन, म त समस्याहरूसँग धेरै समयसम्म धैर्यपूर्वक लडिरहेको हुनाले सफल भएको हुँ।"- अल्बर्ट आइन्स्टाइन
🙏
"It's not that I'm so smart, it's just that I stay with problems longer." - Albert Einstein
164
यो हर्ष वा विषादमा अल्झिने समय होइन। रुपान्तरण, पुस्तान्तरण र सुदृढीकरणको मार्गमा अगाडि बढ्ने समय त धेरै पहिल्यै आएको थियो; ढिलो भए पनि सही बाटोमा हिँड्दा मात्रै देशको समुन्नतिका साझा लक्ष्यहरू हासिल गर्न सकिन्छ। +
1
2
63
बालबालिकाको डिजिटल पहुँच विश्वभर प्रतिबन्धको लहर, नेपालमा नीतिगत शून्यता ekantipur.com/feature/2026/0…
49
सत्कर्ममा भक्ति, शक्ति, विद्या, बुद्धि, साहस र विनम्रता सहित सकारात्मक बन्न सकौँ। हामी सबैमा पवनपुत्र हनुमानजीको आशीर्वाद सधैं रहिरहोस्। जय बजरंगबली!🙏
#HanumanJayanti
31
आदर्श जीवन, सत्य, कर्तव्यनिष्ठाको मार्गमा हिँड्ने प्रेरणा हामी सबैलाई प्राप्त होस् । भगवान श्रीरामको कृपा सदा हामी सबैमा रहिरहोस् । जय श्रीराम ! 🙏
12
नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई र शुभकामना! तपाईंहरूको उत्कृष्ट प्रदर्शन, अटुट जोश र पूर्ण समर्पण यस्तै निरन्तर कायम रहोस्। जय नेपाल !🇳🇵
1
29
देवाधिदेव भगवान शिवको कृपा, आशीर्वाद र सकारात्मक ऊर्जा हामी सबैमाथि सधैं रहिरहोस्। हार्दिक शुभकामना! 🙏
15








