Dr. Mukul Dhakal (@mukuldhakal) header
Dr. Mukul Dhakal (@mukuldhakal) profile picture

Politician, संस्थापक, राष्ट्रिय स्वतन्त्र पार्टी, महामन्त्री तथा प्रवक्ता

Nepal
Joined November 2022
तल दिइएको लिङ्कमा रहेको प्रतिवेदनपछी रवि लामिछाने क्लवले मलाई महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट निस्कासन गरेको थियो । पूरा पढेर, प्रतिक्रिया दिनुहोला । drive.google.com/file/d/1-7F…
169
80
30
401
79,580
नेपालीहरूको महान पर्व शुभ तिहारको धेरै धेरै शुभकामना ।
1
1
251
सानो,मीठो,शान्त,सुगन्धी,अनुपम- बस! मेरा निमित्त त्यही हो नेपाल ! नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको यस विशेष दिनमा उहाँको अमर प्रतिभा र राष्ट्रप्रतिको अगाध प्रेमलाई नमन! तपाईंको सृजना र विचार सधैँ हामी माझ जीवित रहनेछ। महाकविज्यू, हार्दिक श्रद्धासुमन! 🙏
1
251
पार्टी पनि जोगाउनु । देश त जसरी पनि जोगाउनु ।
5
5
1
50
3,941
नयाँ सत्ता vs पूरानो सत्ताबीच भयङ्कर खेल भइराखेको छ । रवि दाइ बीचमा छन्, कता जाउँ पूरै कन्फ्युज्ड । अझ रोचक के छ भने, तस्वीरमा देखाए जस्तै "किक्" नै हान्ने स्टाइलमा बालेन उत्रिए । के लोकतन्त्र भनेको "निर्वाचन मात्र हो ?" "भिँडतन्त्र" र "लोकतन्त्र" मा के फरक छ ? भविष्यले बताउला।
2
2
35
1,929
हाम्रा पूजनीय ठूलोबुवा (विराटनगर-३, दूधफारम निवासी) लोचनप्रसाद ढकालको आज २०८३/०५/२७ बिहान ६ बजे असामयिक निधन भएकोमा स्तब्ध छौँ। उहाँको अन्तिम दाहसंस्कार आजै बिहान १० बजे चतरा घाटमा गरिने जानकारी गराइन्छ। शोकसन्तप्त ढकाल परिवार 🙏
1
3
1,073
चोर घर भित्र छिर्यो भनेर, बहादुर नेपालीले आफ्नो घर नै जलाएको दिन ।
13
79
9
327
8,523
जलवायु न्यायका नाममा आउने अन्तर्राष्ट्रिय पैसासँगै कडा सर्तहरू पनि भित्रिन्छन्। रूख एउटा काट्न वर्षौँ लाग्ने हाम्रो प्रशासनिक झन्झटमा ती सर्तहरू थपिँदा हाम्रा पूर्वाधार विकास झनै सुस्त त हुने होइनन्? क्षतिपूर्ति माग्दै गर्दा यसको व्यावहारिक पाटोबारे पनि सोच्ने कि? 🤔💭
2
1
2
40
3,117
मलाई आजकाल धेरै मान्छेले गाली गर्छन्, "भाइरस जन्माएको मान्छे" भन्छन् । हेर्नुहोस्, घण्टी बनाउन मेरो हात छ, घण्टे बनाउन छैन । यिनीहरू घण्टे हुनुमा मेरो केहि दोष छैन र म त्यसको जिम्मा लिन्न ।
45
53
21
407
37,161
छोडिदेउ ३५ वर्षका कुरा .... के भइराखेको छ यो ४ महिनामा ?
20
65
11
176
14,497
केपि ओलिलाई समाउन नसक्ने, देउवालाई समाउन नसक्ने , जिबि राइलाई समाउन नसक्ने, ठूला ठूला अपराधी , भ्रष्टाचारी , ठग कसैलाई समाउन नसक्ने सरकारले दुर्गा प्रसाईलाई फेरि समाएछ । कुरी कुरी ।
11
35
6
199
7,351
देश जलिरहेको छ । फेसबुकमा "धार्मिक सदभाव कायम गरौँ" भनेर स्टाटस कोर्ने महत्वपूर्ण काममा सासंदहरू व्यस्त भएकाले , संसदका कुर्सीहरू खाली देखिएका हुन् , अन्यथा नलिनु होला । (छलफल गर भनेर जनताले पठाएको ठाउँका कुर्सीहरू यस्तो संवेदनशिल अवस्थामा पनि खालि छन् । यसरी देश चल्दैन , देश जल्छ मात्र ।)
2
19
2
91
4,629
प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्थाका लागि , आगामी प्रदेश निर्वाचनसँगै योजना गरिएको जनमत संग्रह गराउनका लागि संघीय संसदको २२५ (प्रमुख सहित) पुर्याउनका लागि प्रचण्डको पार्टीलाई साथमा लिन पर्ने हुन्छ । वाम एकता भएमा यो योजना विफल हुनसक्नेछ । स्मरण रहोस्, काङ्ग्रेस एमालेका नेतामाथि भट्टाभट अनुसन्धान अघि बढाइँदा पनि प्रचण्डको पार्टीको कोहि पनि नेतालाई अहिलेको सरकारले छोएको छैन । अबको राजनीतिमा वाम एकता रोक्ने प्रयास हुनेछ । वाम एकता भइहाले, २०८६ सालसम्म कुर्ने ल्याकत अहिलेको सत्तासँग छैन र प्लान बी शुरू हुनेछ । त्यो प्लान बी के हो , कसो हो , खुल्न बाँकी छ ।
5
11
2
95
10,123
तस्बिरमा देखिएको शहर तुर्कमेनिस्तानको राजधानी अश्गाबात हो। प्राकृतिक ग्यासबाट आएको ठूलो आम्दानी प्रयोग गरेर यहाँ सेतो मार्बलका भव्य भवन, फराकिला सडक र योजनाबद्ध संरचनाहरू निर्माण गरिए। बाहिरबाट हेर्दा यो आधुनिकता र समृद्धिको प्रतीकजस्तो देखिन्छ। तर यही शहरलाई धेरैले “Ghost City” (भूतिया शहर वा मृत शहर) पनि भन्छन्। किनभने शहरको चमक र नागरिकको वास्तविक जीवन सधैँ एउटै हुँदैन। तुर्कमेनिस्तानको इतिहास र यो शहरका बारेमा पढ्नुभयो भने, राज्यले कसरी भव्य संरचना, नियन्त्रित सूचना र शासकको छविलाई राष्ट्रिय सफलताको कथाका रूपमा प्रस्तुत गर्‍यो भन्ने धेरै कुरा आफैँ बुझ्नुहुनेछ। त्यसैले यो तस्बिर हेर्दा नेपालबारे पनि एउटा प्रश्न उठ्छ। हामी कतै जनताको वास्तविक जीवनभन्दा सामाजिक सञ्जालको छवि, प्रचार र दृश्यात्मक प्रस्तुतिलाई बढी महत्त्व दिने दिशातर्फ त गइरहेका छैनौँ? सरकार बनेको तीन महिनाभन्दा बढी भयो। निजी क्षेत्रसँग भेटघाट भइरहेका छन्। तर लगानी बढाउने, रोजगारी सिर्जना गर्ने, पूँजी पलायन रोक्ने र आर्थिक गतिविधिलाई गति दिने स्पष्ट निर्णय अझै देखिएको छैन। सरकारको सफलता सामाजिक सञ्जालमा बनेको छविले होइन, जनताको जीवनमा आएको परिवर्तनले मापन हुनुपर्छ। राष्ट्रको वास्तविक चमक क्यामेरामा होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्छ।
2
5
30
6,664
यदि अन्तिम निर्णय प्रधानमन्त्रीको फेसबुकबाट नै हुने थियो भने, जेठ १५ देखि श्रावण ५ सम्म संसदले गरेको डेढ महिनाको छलफल केका लागि थियो? संसदले संशोधन गर्न सकेन, सरकार संसदमा फर्किएन, तर निर्णय फेसबुकबाट आयो। यदि संसद केवल औपचारिकता निभाउने संस्था हो भने, त्यस अवधिको सांसदहरूको तलब, भत्ता र बैठक खर्चको औचित्य के रह्यो? कम्तीमा त्यो डेढ महिनाको तलब भत्ता फिर्ता गर्ने नैतिक जिम्मेवारी सांसदहरूमा हुँदैन र? लोकतन्त्रमा लोकप्रिय निर्णयभन्दा पनि संस्थाको सम्मान ठूलो हुन्छ। संसद कमजोर भयो भने भोलि कुनै पनि निर्णय संस्थाभन्दा व्यक्तिको इच्छामा निर्भर हुनेछ।
🤖 Made with AI
18
25
6
114
40,800
सरकारले कुनै पनि निर्णय हतारमा गर्नु हुँदैन। निर्णयमा पुग्नुअघि पर्याप्त समय लिएर गहन छलफल, विश्लेषण र दूरगामी प्रभावको विवेचना गर्नुपर्छ। तर, एकपटक निर्णय भइसकेपछि त्यसमा अडिग रहन सक्नुपर्छ। निर्णय प्रक्रियालाई परिपक्व बनाउन ध्यान दिनु जरुरी छ; यसलाई रातारात फेरबदल गरिरहने विषय बनाइनु हुँदैन।
9
7
5
77
13,909
ठूला शक्तिले कुनै पनि देशको सत्ता ढाल्नमा चार चरणमा काम गर्छन् । पहिलो चरण भनेको फकाउने हो । यसमा मानसम्मान इज्जत दिइन्छ । दोस्रो चरण भनेको साम, दाम, दण्ड, भेद हो, यहाँ पेलपाल सुरु हुन्छ । तेस्रो चरण भनेको 'कू', यो आन्दोलनबाट, सेनाबाट वा अदालतबाट हुन सक्छ । केपी ओली आउट गरिएको मोडल यो हो । चौथो चरण इलिमिनेसन हो । यसले सिध्याँउछ । अहिले रवि पहिलो चरणमा र बालेन दोस्रो चरणमा गुज्रिरहेका छन् । तर, रविले बालेनलाई आउट गर्न नसकेमा उनी पनि दोस्रो चरणमा पुग्नेछन् । shilapatra.com/detail/190388
17
22
3
92
19,775
अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन पर्यो। अरूले भोगिरहेको समस्या आफैँले एकपटक अनुभूति गर्नु कहिलेकाहीँ आवश्यक हुन्छ। अब सरकार अर्को कदम पनि चालोस्। सुकुम्बासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ। तब सायद मन्त्रीपरिषद्ले पनि समानुभूति होइन, वास्तविक अनुभूति गर्नेछ। भोको पेटमा बच्चाले कुहिएको चिउरा र दालमोट खाँदा कस्तो लाग्छ? आफ्नो बच्चा झरीमा भिजेको लुगा लगाएर कठ्याङ्ग्रिँदा कस्तो महसुस हुन्छ? नीति बनाउनेहरूले तथ्य मात्र होइन, जनताको जीवन पनि नजिकबाट देख्नुपर्छ। किनभने अनुभूतिबाट बनेका निर्णयहरू प्रायः कागजमा बनेका निर्णयभन्दा धेरै मानवीय हुन्छन्।
35
56
23
362
79,043
रवि दाइ, बालेनलाई संसदले जवाफदेहि बनाउन सकेन । अब तपाईं बनाउनुहोस्, बालेनलाई जवाफदेहि - फेरि शुरू गर्नुहोस् , सिधा कुरा प्रधानमन्त्रीसँग ।
🤖 Made with AI
32
33
15
256
72,103
समाजलाई धर्मबाट विच्छेद गरिँदा केवल धार्मिक अभ्यास मात्र हराउँदैन, मानिसको आशा, नैतिक आधार र जीवनको अर्थबोध पनि कमजोर बन्दै जान्छ। त्यसपछि समाजमा निराशा विस्तारै गहिरिँदै जान्छ। जेन जी आन्दोलनका क्रममा ७८ जना नेपालीले ज्यान गुमाए। एउटा नेपालीले अर्को नेपालीको ज्यान किन लियो? यसको एउटा कारण हामीभित्रको नैतिक र आध्यात्मिक आधार कमजोर बन्दै जानु पनि हो। नेपालीले आफ्नै सर्वोच्च अदालत जलायो, सिंहदरबार जलायो, आफ्नै इतिहास र सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्यो। आफ्नै देशको सम्पत्ति नष्ट गर्ने मनोवृत्ति किन पैदा भयो? जब समाज आफ्नो धर्म, मूल्य र आत्मबोधबाट टाढिँदै जान्छ, त्यस्ता प्रवृत्तिहरू बलिया बन्छन्। आज निराशा यस्तो तहमा पुगेको छ कि कतिपय नेपाली आत्मदाहजस्ता पीडादायी कदमसम्म पुगिरहेका छन्। कहिल्यै “आजको कृष्णको आनन्दको जय” भन्ने सांस्कृतिक चेतनाबाट आनन्द लिने समाजलाई जब आफ्नै धार्मिक र सांस्कृतिक जराबाट अलग गरियो, तब निराशाले समाजमा गहिरो जरा गाड्यो। त्यसैले, सनातन धर्ममा आधारित हाम्रो सभ्यता र समाजलाई आफ्नै प्राचीन धार्मिक तथा सांस्कृतिक मूल्यका आधारमा पुनर्निर्माण गर्न सकिएन भने समाजमा आशा पुनःस्थापित गर्न कठिन हुनेछ। र जबसम्म समाजमा आशा जगाउन सकिँदैन, तबसम्म मानिसलाई आत्मसन्तुष्टि, नैतिक दिशा र जीवनको अर्थ दिने बलियो आधार पनि निर्माण गर्न सकिँदैन।
2
7
5
49
6,499
त्यागी नेताले "त्यागलाई नै त्याग" गर्ने दिन छिट्टै आउने छाँटकाँट देखियो ।
21
7
3
117
14,756