When you have to work, you should be humble and disciplined.
But when you are taking a rest or enjoying a meal,
you can allow yourself to enjoy a sense of pride and a bit of arrogance.
After all, you had devotedly done your work.
2
408
मैले पाउने गरेका सुझाव
सञ्चै?
आफ्नो ख्याल राख्नु होला।
मौसमको भर छैन
तातो न्यानो गर्नु होला।
आफूले गर्नसक्ने गर्ने हो
गर्न नसक्ने कुराको धेरै चिन्ता नलिनु होला।
चिन्ता त हुन्छ नै
तर स्वास्थ्य बिगार्न भएन।
ताजा स्वस्थ खाना खानु होला।
पानी पनि मनग्ग्य खानुपर्छ।
हिँड्नु पनि पर्छ।
15
831
देशमा परिवर्तन ल्याउन खोज्नेले
समाजलाई बदल्ने कुरा गर्नेले
सर्वप्रथम आफू परिवर्तित हुन सक्नुपर्छ।
परिवर्तित नभई परिवर्तन गर्न सकिदैन।
सम्भवतः कैयौँ परिवर्तनहरूले
तत्पश्चातका अपेक्षा पूरा गर्न नसकेको कारण यही हो।
साहस गरौँ
आफूलाई बदलौँ
निरन्तर कोसिस गरौँ
नथाकौँ!
शुभ होस्!
म आफैलाई भन्छु-
धन्दा नमान
तिम्रो भविष्य राम्रो छ।
सधैँ मिहिनेत गरेका छौ
समयलाई सम्मान गऱेका छौ
समयले पनि तिमीलाई सम्मान गर्नेछ।
तिमीले आफूलाई स्वच्छ राख्यौ
कसैकसैलेजस्तो फोहोर गरेनौ
तिम्रो नाम स्वच्छ रहिरहनेछ।
अहितैषीले जे भनून्
त्यो तिम्रो समस्या होइन
धन्दा नमान!
शुभ होस्!
जाडोमा जाडो लाग्छ
गर्मीमा गर्मी लाग्छ।
राम्रोलाई राम्रो भन्न मनलाग्छ
नराम्रोलाई नराम्रो भन्न मनलाग्छ।
मानिसलाई मानिस नगनेको देख्दा
त्यसलाई रोक्न मनलाग्छ।
मानिस भएकाले बोल्न मनलाग्छ
यस्तै हुन्छ मानिस!
समाज सामञ्जस्यपूर्ण होस्!
शुभ होस्
आजको दिन आनन्दमय होस्!
हाम्रो आँगनमा आज असिना पऱ्यो।
मौसम अनिश्चित छ, राजनीतिजस्तै!
कुनै नियम मान्छ होला नि मौसमले त!
शुभ होस्!
नेपाल संवत् ११४७ र म्हः पूजा छ
तिहारको चाड पनि चलिरहेछ
शुभकामना मेरो पनि छ
सुख शान्ति समृद्धिको कामना छ!
असहज मौसमले चाड छेकिन्न
समयको गति कहिल्यै रोकिन्न।
समयले जे माग्छ
त्यो त गर्नैपर्छ
बाधाहरूलाई जित्नैपर्छ!
असहजता बढ्दा
अठोट झन् बढ्नुपर्छ
जाग्नुपर्छ, हिड्नुपर्छ।
शुभ होस्!
2
15
860
इतिहास सधैँ अगाडि बढ्दैन
पछाडि धकेलिन सक्छ, बाटो बिराउनसक्छ
होसियार रहनुपर्छ।
सानो विचलनलाई बेरोकटोक ठूलो बन्न दिन हुँदैन
समयमै सच्याउनुपर्छ।
शुभ होस्!
हामीलाई पनि तिहार लागेको छ
चाड पनि त मनाउनुपर्छ
ऊर्जा लिनुपर्छ।
म छु, परिवार छ, समाज छ, देश छ
स्थिति परिस्थिति छ, सामर्थ्यको सीमा छ,
मूल्यमान्यता छन् जसले हाम्रो व्यवहारलाई निर्देश गर्छन्।
यी सबैको सन्तुलनमा जीवन छ।
जीवन सबैको एउटै हुन्छ
जियाइ मात्र त फरक फरक हुन्छ!
शुभ होस्!
4
24
1,581
म आफैलाई भन्छु -
बिर्सन हुँदैन,
दिनमा २४ घण्टा मात्र हुन्छ,
उचित किसिमले उपयोग गर्नुपर्छ।
अनि सबैको शुभ सोच्दछु
शुभ होस्!
1
29
1,253
तिहारको हार्दिक शुभकामना
आआफ्नो धर्ममा रहौँ
अति नगरौँ
उज्यालो बनौँ
उज्यालो फैलाऔँ।
सबैको सुख, शान्ति, समृद्धिको कामना गरौँ!
नेपाली मूल्यमान्यताले यही भन्छन्
सम्झनामा राखौँ।
शुभ होस्!
सत्ताको अभ्यास बेलगाम गर्न मिल्दैन।
लिखित संविधान र नियम कानून मात्र हुँदैनन्
अलिखित मान्यता पनि हुन्छन् जसको पालन गर्नुपर्छ।
त्यति मात्र होइन
शक्तिको स्रोत हुन्छ, अस्तित्वको आधार हुन्छ,
विभिन्न कारकहरूबीच सन्तुलनको आवश्यकता हुन्छ
जसको ख्याल राखिरहनुपर्छ।
अन्यथा दुर्घटना हुन्छ।
जबसम्म जीवन रहन्छ
क्रिया प्रतिक्रिया पनि हुन्छ।
यो अत्यन्त स्वाभाविक हो।
सबैले गर्छन्,
तर हरेकले आआफ्नै किसमले गर्छ।
फरक कस्तो क्रिया प्रतिक्रिया भन्ने मात्र हो।
यसलाई निषेधको चेष्टा गर्न हुन्न।
शुभ होस्
अभिवादन!
1
29
1,128
पार्टी र देशलाई
एक अर्काको विरोधमा हेर्न आवश्यक छैन।
अनि
न कसैले आफूलाई नै पार्टी ठान्न मिल्छ
न त आफूलाई नै देश ठान्न मिल्छ।
हामी सबै लोकतान्त्रिक सीमामा रहनुपर्छ।
देशमा स्थायित्व होस्, शान्ति होस्,
उन्नतिको मार्ग दुर्घटनारहित रहोस्!
शुभ होस्!
भन्छन्
आजलाई आजको काममा समर्पित गर्नु राम्रो हो
तर भोलिको सोच पनि हुनुपर्छ।
भोलि फर्केर आजलाई हेर्दा
सन्तोष मान्न सकियोस्।
शुभ होस्
बिहानीको अभिवादन!





