Cockroach Swotantra Party (@CockroachSwo) header
Cockroach Swotantra Party (@CockroachSwo) profile picture

Cockroach don't die !

Nepal
Joined November 2021
Photo by Cockroach Swotantra Party (@CockroachSwo)Photo by Cockroach Swotantra Party (@CockroachSwo)Photo by Cockroach Swotantra Party (@CockroachSwo)Photo by Cockroach Swotantra Party (@CockroachSwo)Photo by Cockroach Swotantra Party (@CockroachSwo)Photo by Cockroach Swotantra Party (@CockroachSwo)
Cockroach Swotantra Party retweeted
झाँ जी को राजनिती बहुत बच्चालाई ललिपप दिएर भुल्याए जस्तो देखीन थाल्यो । अल्ली धेरौ मेहनत गर्ने गर्नु यार ! तनाव झेल्न सक्नुपर्छ साथी । अबको छठ बाला कार्ड गज्जब ले खेल्नु जहाँ आफ्नो एक्जीट द्वार हमेसा खुल्ला नै होस । गुड लक जी 👍️
6
6
7
746
Cockroach Swotantra Party retweeted
ह्यप्पी तिहार ...
2
2
181
Cockroach Swotantra Party retweeted
मिडियालाई प्रयोग गरेर विपक्षीसँग भिड्नबाट पन्छिने रणनीति अपनाइरहेको सरकारलाई सबैभन्दा ठूलो डर विपक्षीबाट नभई आफ्नै पार्टीभित्रबाट रहेको कुरा अब छर्लङ्ग हुँदै गएको छ। सापकोटा भाइले प्रधानमन्त्रीकै नाम आफ्नै मुखारविन्दबाट सार्वजनिक गरिसकेपछि अरूको नामसमेत जोडेर सस्तो राजनीतिको सहारा लिन खोज्नु सरकारको हतास र कमजोर मानसिकताको उपजबाहेक अरू केही होइन। राज्यका अङ्गहरू एकपछि अर्को गर्दै आ–आफ्नै तालमा चल्न थालेपछि त्यसको जवाफदेहिता लिनुपर्ने सरकार भने वास्तविक मुद्दाबाट जनताको ध्यान मोड्न अनेकौँ प्रपञ्च रच्न व्यस्त देखिन्छ। जनताका सवाल, सुशासन र राज्य सञ्चालनका गम्भीर विषयलाई ओझेलमा पारेर आरोप–प्रत्यारोपको सस्तो खेल खेल्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा हो। देशको वर्तमान राजनीति हेर्दा सत्ताको मोह, आन्तरिक त्रास र स्वार्थको द्वन्द्वले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने खतरा बढ्दै गएको छ। यस्तो गैरजिम्मेवार प्रवृत्तिले देशलाई कहाँ पुर्‍याउने हो, चिन्ताको विषय बनेको छ। आखिर सरकार विपक्षीसँग डराएको हो कि आफ्नै पार्टीभित्र लुकेका सत्यहरूसँग? यदि सरकार साँच्चिकै निर्दोष र जवाफदेही छ भने मिडियाको आडमा विषयान्तर गर्नुको सट्टा उठेका प्रश्नहरूको जवाफ दिन किन तयार हुँदैन? जनताको ध्यान मोडेर केही समय सत्ता जोगाउन सकिएला, तर सत्य र जवाफदेहिताबाट कहिलेसम्म भाग्न सकिएला? कतै आफ्नै घरभित्रको आगो लुकाउन देशलाई नै धुवाँले ढाक्ने प्रयास त भइरहेको छैन?
1
24
22
30
1,416
Cockroach Swotantra Party retweeted
अमूर्त आतङ्क र असुरक्षाको बादलबीच जकडिएको वर्तमान हालको राजनीतिक तथा सुरक्षात्मक अवस्थाले आम नागरिकमा गम्भीर प्रश्न र त्रास उत्पन्न गरेको छ। प्रहरीको भेष वा नाममा दिनदहाडै हुने धरपकड र आपराधिक गतिविधिले राज्यको उपस्थितिमाथि नै प्रश्नचिह्न खडा गरेको छ। यदि सरकारलाई समेत पत्तो नभई यस्ता घटनाहरू भइरहेका छन् भने यसले प्रशासनिक संयन्त्रको कमजोरी वा भित्री चलखेललाई प्रष्ट्याउँछ। लोकतान्त्रिक राज्यका चारवटै स्तम्भ, विशेष गरी राज्यको चौथो अङ्ग (सञ्चारजगत) समेत असुरक्षित र आतङ्कित हुनुले समाजमा अराजकताको सीमा नाघेको सङ्केत गर्छ। आज जनताले सुरक्षा र अमनचयनको महसुस गर्न सकेका छैनन्। जनताले प्रतिवाद नगर्नु उनीहरूको कमजोरी होइन, अपितु राज्यप्रतिको बाध्यता वा व्यवस्थाप्रति देखिएको खिन्नता हो। जब राज्यका नागरिकहरू आफ्नो सुरक्षाको ग्यारेन्टी नभई बाँच्न विवश हुन्छन्, तब लोकतन्त्रको अर्थ समाप्त हुन्छ। आफैले बनाएको सरकार को गतिबिधी बारे "थाहा छैन" भन्ने सहकारी प्रवृत्ति को मन्चन किन गर्दैछ रास्वपा ले ? श्रीपशुपति नाथ ले बिश्व जगत को रक्षा गरुन !
20
21
24
1,805
Cockroach Swotantra Party retweeted
बर्तमान सरकारको छ महिने कार्यकाल: प्रशंसाभन्दा असन्तुष्टिको बाक्लो बादल बर्तमान सरकारले ६ महिने कार्यकाल पूरा गर्दा प्रशासनिक सुधारभन्दा पनि राज्यका स्थापित संरचनामाथिको अतिवादले जनमानसलाई निराश बनाएको छ। प्रशासनिक संयन्त्र, नेपाल प्रहरी लगायतका सुरक्षा निकायलाई एकैोहोरो लाञ्छित गर्दै "नेपाली सेना बाहेक सबै निकाय खराब" भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले गम्भीर प्रश्न जन्माएको छ। राज्यका अङ्गहरू एक-अर्काका पूरक हुन्, तर कुनै एक निकायलाई मात्र चोख्याएर बाँकी सबैलाई भ्रष्ट वा अक्षम देखाउने शैलीले संस्थागत विश्वसनीयतामाथि प्रहार गरेको छ। सरकारको यो गैर-जिम्मेवार कार्यशैली र तुच्छ राजनीतिकरणले कर्मचारीतन्त्रमा मनोबल गिराएको छ भने नागरिकमा राज्यप्रति वितृष्णा बढाएको छ। आम जनताको अपेक्षा विधि, पारदर्शिता र सबै निकायको सुदृढीकरण थियो, तर सरकार लोकप्रियतावादी स्टन्टमा मात्र सीमित देखिन्छ। यस्ता एकांगी र पूर्वाग्रही दृष्टिकोणले देशलाई दीर्घकालीन स्थिरता दिन सक्दैन। राज्यका हरेक संयन्त्रको मनोबल उच्च राख्दै सुधार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुनु दुःखद हो। छ महिने कार्यकाल मै आम जनताहरुमा यसरी चरम निरास बनाएको सरकार ले आफ्नो ५ बर्षे कार्यकाल सक्दा आम जनताहरुले खुन को आँशु रुनु नपर्ला भनेर भन्न सकिन्न ।
18
18
20
1,454
Cockroach Swotantra Party retweeted
गरेको कामको जस् त दिनुपर्छ। ✌️
आज रमाउदै गरेको रंगशाला तत्कालीन सहरी बिकास मन्त्री प्रकाशमान सिंह @PMSinghNC को योगदानको प्रतिफल नै हो । @Sirjana_Singh
5
79
Cockroach Swotantra Party retweeted
रास्वपाका सांसदहरू नै श्रृंखलाबद्ध रूपमा ब्ल्याकमेलिङ, अश्लील अडियो-संवाद, अवैध आर्थिक असुली र सुरक्षा निकायमाथि हतोत्साही हमला गर्नेजस्ता फौजदारी तथा नैतिक अपराधमा मुछिनुले यो पार्टीको वास्तविक औकात छर्लङ्ग पारिदिएको छ। दिनहुँजसो सार्वजनिक भइरहेका यस्ता हर्कतले रास्वपाभित्र कस्ता अराजक, भ्रष्ट र अनैतिक चरित्रका मानिसहरूको बाहुल्य छ भन्ने स्पष्ट हुन्छ। सुशासन, थिति र 'राइट टु रिकल' (Right to Recall) जस्ता मीठा नारा दिएर सर्वसाधारणको मत हत्याएको रास्वपाका जनप्रतिनिधिहरू नै यति तल्लो स्तरको कसुरमा फस्नुले पार्टीको उम्मेदवार चयन प्रक्रिया र आन्तरिक अनुशासन कति धमिलो छ भन्ने छताछुल्ल भएको छ। सहकारी ठगी काण्डदेखि सांसदहरूको लगातारको गुन्डागर्दी र नैतिक विचलनसम्म आइपुग्दा, नयाँ विकल्पको नाममा फेरि पनि आफूहरू ठगिएको महसुस गर्दै आम जनता अहिले निराश मात्र होइन, आक्रोशित बनेका छन्।
1
18
11
26
1,896
Cockroach Swotantra Party retweeted
नेपाली कांग्रेसको महाधिवेशन सफलताको शुभकामना! आजदेखि सुरु हुँदै गरेको देशको गौरवशाली पार्टी नेपाली कांग्रेसको बन्दसत्रले देशभरका लाखौं कार्यकर्ता र आम जनतामा एक नयाँ आशा जगाएको छ। नेतृत्व ले बदलिएको समयसँगै पार्टीलाई पनि बदल्नुपर्ने ठूलो जिम्मेवारी काँधमा बोकेका छन। अबको यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नबनोस, कांग्रेसभित्र जरा गाडेर बसेको गुटगत राजनीतिको सधैका लागि अन्त्य गर्ने ऐतिहासिक अवसर बनोस। प्यानल बनाएर चुनाव लड्ने र कार्यकर्तालाई भागबण्डामा बाँड्ने पुरानो अवस्थाको अब अन्त्य हुनुपर्छ। जसले गर्दा कुनै पनि व्यक्तिको खल्तीबाट होइन, बरु पार्टी र जनताका पक्षमा निष्ठापूर्वक काम गर्ने निष्पक्ष र सक्षम नेताहरू चुनिने सुदृढ वातावरण बन्न सकोस। गाउँ-गाउँमा रगत पसिना बगाउने सामान्य कार्यकर्ताको एक मात्र चाहना भनेको 'पार्टीभित्र गुटको होइन, क्षमता र निष्ठाको कदर होस्। यो बन्दसत्रले व्यक्ति होइन, विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर कांग्रेसलाई अझ बलियो, जनप्रिय र समयसापेक्ष बनाउनेछ' भन्ने दृढ विश्वास लिएको छ। जय नेपाल! 🙏
20
17
31
2,703
Cockroach Swotantra Party retweeted
नेपाली काङ्ग्रेस को १५औं महाधिवेशन सफल पारौं ... #NepaliCongress #GaganThapa #facebookviral #facebookpost #facebookreels #cooolrims😘
🤖 Made with AI
2
24
22
37
2,678
केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा । सम्पूर्ण महाधिवेसन प्रतिनिधिज्यूहरूमा जय नेपाल! नेपाली कांग्रेसको जारी पन्ध्रौँ महाधिवेसनमा आ-आफ्नो क्षेत्र एवम् संगठनहरूमार्फत प्रतिनिधिका रूपमा चुनिएर काठमाडौँ आउनु भएका यहाँहरू सबैलाई हार्दिक बधाई र न्यानो स्वागत गर्न चाहन्छु। नेपाली कांग्रेसका आम कार्यकर्ता र शुभेच्छुकहरूले राख्नुभएको परिवर्तन र रूपान्तरणको चाहनाअनुरूप आज नेपाली कांग्रेस पुनर्जागरणको मार्गमा छ। हामीसँग विगतका नीतिगत कमजोरीलाई सच्याउन र लोकतन्त्रप्रति निष्ठावान जनमानसमा कांग्रेसप्रति देखिएको विकर्षणलाई आकर्षणमा बदलेर चारतारे झण्डा र रूख चिह्नको पुरानै गौरव फिर्ता ल्याउने चुनौति छ। युवाको नाममा देशभर अराजकताले प्रश्रय पाइरहँदा सचेत, क्षमतावान र राजनैतिक संस्कारसहितका चेतनशील युवाहरूको बलियो हस्तक्षेपको टड्कारो आवश्यकता छ। हामीले पुस्ताको बीचमा फाटो होइन सहकार्य र सहअस्तित्वको बाटो बनाउनु जरूरी छ। घृणाले कोरेको दूरी होइन, सहमति र एकताको कसिलो डोरी बाट्न जरूरी छ। यसका लागि सांगठनिक परिवर्तन र पुनर्जागरणका साथै आफ्ना आधारभुत मान्यताहरूमा अविचलित सिद्धान्तनिष्ठ कांग्रेस बनाउने अभियान चाहिन्छ। यहि अभियानलाई घनिभूत बनाउनका लागि म नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा(३५वर्ष मुनि) आफ्नो उम्मेदवारी घोषणा गर्दछु। तमाम अग्रज एवम् समकालीन साथीहरूले मलाई केन्द्रिय सदस्य पदमा जिताउन आफ्नो अमुल्य साथ, सहयोग, अभिमत र शुभेच्छा दिनु हुनेछ भन्ने विश्वास लिएको छु। एलिजा ढकाल। 🙏
25
19
9
130
6,592
Cockroach Swotantra Party retweeted
फेरी राजनैतिक प्रतिशोध होला जस्तो भो ! छताछुल्ल नै भै भैसकेछ । अब गुड मर्निङ हुन मात्र बाँकी हो जस्तो लाग्यो । गुड लक ...
6
5
16
1,270
Cockroach Swotantra Party retweeted
कसैको उक्साहटमा राजनीति सुरु गर्ने, विदेशी शक्तिको गोटी बन्ने जोखिम नबुझ्ने; अनि जीवनभर राजनेताको ढोके बनेकालाई ‘खतरनाक राजनीतिज्ञ’ ठानेर टिममा भित्र्याई राज्यसत्ताको सपना देख्नेहरूको राजनीति ‘झिन्ने दाउ’ भन्दा माथि उठ्न सकेन। राजनीति एउटै स्टाइलको सर्ट, लाइक र कमेन्टको वाहवाही होइन, दृष्टिकोण र विचारको खेल हो। तर जब सोच सर्टको स्टाइलभन्दा माथि उठ्दैन भने जाने हुन्छ राज्यसत्ताको सपना पनि अन्ततः गोटीको चालमै सीमित हुन्छ। छठ पछि भन्दै अलाप्ने घटनाक्रमले यही राजनीतिक हैसियतको ऐना देखाइदिएको छ।
6
7
11
1,237
Cockroach Swotantra Party retweeted
देश यतिबेला पूर्ण रूपमा 'कांग्रेसमय' बनेको छ र पार्टी आफ्नै महाउत्सवमा व्यस्त छ। आम जनताको ध्यान र चासो पनि नेपाली कांग्रेसकै महाधिवेशनमा केन्द्रित छ। इतिहास साक्षी छ—जब-जब देश गम्भीर सङ्कटमा परेको छ, तब-तब कांग्रेसले नै नेतृत्व लिएर देशलाई सङ्कटमुक्त गराएको छ। जनताको यो विश्वास र आशालाई आत्मसात् गर्दै महाधिवेशनले देशलाई नयाँ दिशा र निकास दिनेछ भन्ने पूर्ण भरोसा छ। जय नेपाल 🙏 #NepaliCongress #Mahadhiveshan #NepalPolitics #Leadership
3
9
9
17
2,529
Cockroach Swotantra Party retweeted
मान्छे हरु जिउदै जल्न बाध्य हुदैछन ... आम नेपालीहरुले रगत को आँशु झार्दै रुनुपर्ने दिन आउने छ ।
2
6
6
20
2,081
Cockroach Swotantra Party retweeted
पुडासैनीदेखि सहकारीसम्म, अनि ‘ग्रे जोन’सम्म जवाफ एउटै: “मलाई केही थाहा थिएन!” आफ्नै नेतृत्वमा रहेको गोरखा मिडियामा सहकारीको रकम पुगेको विषयमा संसदीय छानबिनले प्रश्न उठायो। अदालतमा सहकारी ठगीको मुद्दा चलिरहँदा पनि सार्वजनिक बहस रोकिएको छैन। अनि ‘ग्रे जोन’को पछिल्लो रिपोर्टले फेरि नयाँ प्रश्न जन्मायो र नामहरू जोडिए। रिपोर्टका दाबीमाथि पनि सार्वजनिक रूपमा प्रश्न र बहस जारी छ। तर हरेक मोडमा एउटै रेडिमेड उत्तर “मलाई थाहा थिएन!” देश चलाउने जिम्मेवारी लिने मान्छेलाई सबै कुरा थाहा नहुन सक्छ। तर सबै विवादमा थाहा नहुने संयोग चाहिँ कति पटकसम्म संयोग नै हुन्छ? जनताको प्रश्न यत्ति हो “थाहा थिएन” भन्ने जवाफ कहिलेसम्म चल्छ?
19
17
28
2,380
Cockroach Swotantra Party retweeted
शुभप्रभात🙏🙏 हरितालिका तीजको पवित्र निर्जला व्रत सफलतापूर्वक सम्पन्न गर्नुभएकी तपस्विनी नारीलाई हृदयको गहिराइबाट हार्दिक बधाई तथा असीम शुभकामना। आज ऋषि पञ्चमीको ब्रह्ममुहूर्तमा सप्तर्षि र माता अरुन्धतीको स्मरण गर्दै पवित्र स्नानमा लीन हुनुभएको छ। यो स्नान केवल बाहिरी शरीरको शुद्धि मात्र होइन, अन्तःकरणको पनि गहिरो शुद्धिकरण होस्। ज्ञात-अज्ञात सबै दोष, कर्मका छायाँ र मनका मैला यस पवित्र जलसँगै बगेर जाऊन्। पार्वती माताले कठोर तपस्या गरेर महादेवलाई पति रूपमा प्राप्त गर्नुभएको थियो। त्यही साधनाको छायाँमा बसेको तपाईंको यो व्रत पनि त्यत्तिकै फलदायी बनोस्। वैवाहिक जीवन शिव-पार्वतीको जस्तै अटूट, पवित्र र दीर्घायु होस्। पतिको आयु, आरोग्य र कुलको समृद्धि अविचल रहोस्। घरमा शान्ति, सन्तानमा सुबुद्धि र जीवनमा धर्मको प्रकाश निरन्तर फैलियोस्। सप्तर्षिहरूको कृपाले तपाईंको सात्विक निष्ठा सफल होस्, मनोकामना पूर्ण होस् र यो व्रत तपाईंको सम्पूर्ण जीवनको मङ्गलमय आधार बनोस्। 🙏🙏
4
3
11
1,127
Cockroach Swotantra Party retweeted
जनताले पुराना शक्तिलाई दण्डित गरेर नयाँ विकल्पलाई दिएको प्रचण्ड जनादेशको अर्थ केवल सत्ता परिवर्तन होइन—शासनको चरित्र परिवर्तन पनि हो। त्यसैले जेन–जीको रगतको मूल्य नारामा होइन, न्याय, सुशासन र जनउत्तरदायी शासनमा देखिनुपर्छ। जनताको अपेक्षाविपरीत सरकारका १० काम १. जेन–जी आन्दोलनका मूल मागलाई ओझेलमा पार्दै भ्रष्टाचार, सुशासन र जवाफदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसक्नु। २. आन्दोलनमा ज्यान गुमाएका र घाइतेहरूको न्याय तथा पुनर्स्थापनालाई पर्याप्त प्राथमिकता नदिनु। ३. सरकार र जेन–जी प्रतिनिधिबीच भएको १० बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन नगर्नु। ४. आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घन र दमनका घटनामा दोषी देखिएकामाथि प्रभावकारी कारबाही अघि नबढाउनु। ५. छानबिन आयोग तथा मानवअधिकार आयोगका प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गर्नु। ६. आन्दोलनका घाइतेलाई उपचार, रोजगारी, शिक्षा तथा सामाजिक सुरक्षाको सुनिश्चितता प्रभावकारी रूपमा नदिनु। ७. जनताले खोजेको पारदर्शिता र भ्रष्टाचारविरुद्धको कठोर अभियानलाई व्यवहारमा पर्याप्त रूपमा अघि नबढाउनु। ८. सत्ता परिवर्तनलाई मात्र उपलब्धि ठानी शासनशैलीमा अपेक्षित परिवर्तन गर्न नसक्नु। ९. जनताको आवाज, आलोचना र असन्तुष्टिलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुको सट्टा राजनीतिक व्यवस्थापनमा सीमित गर्नु। १०. जेन–जीको बलिदानबाट प्राप्त जनादेशलाई जनउत्तरदायी शासन, सुशासन र परिवर्तनको माध्यम बनाउनुको सट्टा पुरानै राजनीतिक संस्कार दोहोर्‍याउने जोखिम बढाउनु। अब पनि नगरे कैले गर्ने ? शहिद जेन्जी लाइ के जवाफ दिन्छौ ?
17
17
21
2,739
Cockroach Swotantra Party retweeted
नेपाली कांग्रेसभित्र अहिले “एकता” को रटान लगाउनु आफैंमा केही हदसम्म औचित्यहीन देखिन्छ, किनकि कांग्रेस फुटेको पार्टी होइन। समस्या पार्टी विभाजनको होइन, गुटगत राजनीतिको हो। फरक विचार, समूह वा नेतृत्वको आकांक्षा हुनु लोकतान्त्रिक पार्टीको स्वाभाविक पक्ष हो। तर गुटलाई नै पार्टीभन्दा माथि राख्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउँछ। आसन्न महाधिवेशनले कुनै व्यक्ति वा समूहलाई आफ्नो विचारसहित खुला प्रतिस्पर्धामा उत्रन रोकेको छैन। त्यसैले गुटगत आग्रह र पूर्वाग्रह त्याग्दै विधि, विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार महाधिवेशनमा सहभागी हुनु नै आजको आवश्यकता हो। नेतृत्व चयनमा स्वस्थ प्रतिस्पर्धा होस्, तर प्रतिस्पर्धापछि सबै एउटै संगठन, एउटै विचार र एउटै उद्देश्यका साथ उभिन सक्नुपर्छ। कांग्रेसलाई साँच्चिकै एक ढिक्का बनाउने अन्तिम उपाय कुनै कृत्रिम एकताको नारा होइन; विधि र प्रक्रियाप्रतिको निष्ठा, पारदर्शी प्रतिस्पर्धा र परिणामलाई स्वीकार गर्ने लोकतान्त्रिक संस्कार हो। यही बाटोले कांग्रेसलाई अझ बलियो, एकताबद्ध र जनविश्वासयोग्य बनाउन सक्छ । जय नेपाल!
1
10
11
35
3,682
Cockroach Swotantra Party retweeted
संकटको घडीमा नागरिकको ज्यान बचाउन नसक्ने, पीडितलाई समयमै उद्धार गर्न नसक्ने र राहतसमेत प्रभावकारी रूपमा पुर्‍याउन नसक्ने सरकारको यो चरम असफलताको हामी घोर भर्त्सना गर्दछौँ। जनता विपत्तिमा छटपटाइरहेका छन्, परिवारहरू आफ्ना आफन्तको जीवनका लागि रोइरहेका छन्, तर सरकार भने जिम्मेवारीबाट पन्छिने र औपचारिकता पूरा गर्ने काममा सीमित देखिन्छ। सरकार भनेको कुर्सीमा बस्ने नाम होइन—संकट पर्दा जनताको छेउमा उभिने साहस र क्षमता हो। नेपालको इतिहासले देखाएको छ, मुलुक गम्भीर संकटमा पर्दा नेपाली कांग्रेसले कठिन परिस्थितिको सामना गर्दै देशलाई निकास दिने नेतृत्व गरेको छ। आजको सरकारले नेपाली कांग्रेसको विगतको संकट व्यवस्थापन, जनताप्रतिको उत्तरदायित्व र निर्णायक नेतृत्वबाट पाठ सिक्नुपर्छ। अब नागरिक चुप लागेर बस्ने अवस्था छैन। राहत र उद्धारमा लापरवाही गर्नेहरू जवाफदेही हुनैपर्छ। पीडितको आवाज बुलन्द गरौँ, सरकारलाई खबरदारी गरौँ र नागरिकको जीवनको मूल्य मागौँ। जनताको दुःखमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन। अब भाषण होइन—उद्धार, राहत, जिम्मेवारी र परिणाम चाहिन्छ!
1
8
9
15
2,284
Cockroach Swotantra Party retweeted
रसुवा बाढीले सयौंको ज्यान लिएको यो विपत्तिमा सरकारले उद्धारको नाममा देखावटी काम गरिरहेको छ। हेलिकप्टर उडान र सुरक्षाकर्मी परिचालनको तथ्यांक सामाजिक सञ्जालमा पोस्ट गरेर प्रधानमन्त्री बालेन र मन्त्रीहरू आफूलाई सफल देखाउन व्यस्त छन्। तर भुइँमा समन्वयको अभाव छ। संघीय सरकार प्रदेश र स्थानीय तहलाई बेवास्ता गर्दै सबै क्रेडिट आफैं लिन खोज्दैछ। स्थानीयले घाइतेका लागि हेलिकप्टर माग्दा दस घण्टा कुर्नुपर्यो। विदुरमा राहत सामग्री थुप्रिएको छ, फोटो खिचेर फर्किने क्रम जारी छ भने रसुवाका पीडित भोकभोकै, चिसोमा छन्। सडक टुटेको छ, तर मन्त्री-सांसदहरू फेसबुक-इन्स्टाग्राममा स्ट्याटस हालेर स्टन्टबाजी गरिरहेका छन्। यो उद्धार होइन, राजनीतिक नाटक हो। पीडितलाई वास्तविक राहत, खोजी र पुनर्स्थापना चाहिन्छ, लाइक र सेयर होइन। सरकारले यो सामाजिक सञ्जालको नाटक बन्द गरी मैदानमा काम देखाओस्।
24
21
38
4,104