
ALT मिति २०८३।०७।१० गते अन्दाजी १३:३५ बजेको समयमा जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका -१५, पिपलबोट स्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा प्रहरी चौकी रातोमाटेबाट खटिएको ट्राफिक प्रहरी सहितको चेकिङ टोलीले हेटौंडा हुदै पथलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR1AP6073 को सुमो चेकजांच गर्दा सुमो भित्र बोनट तथा चालकको सिटमुनि फल्स बटममा प्रतिबन्धित लागू औषध गाँजा ४२ किलो ४१० ग्राम बराबरको १९ वटा पोका फेला परेकोमा उक्त सुमोमा अझै ला. औ. हुन सक्ने भनि शंका लागी दक्ष मेकानिक्स झिकाई पुनः सम्पुर्ण पार्ट पुर्जाहरु खोली चेकजांच गर्दा गाडीको बिभिन्न भागहरुमा फल्स बटम बनाई लुकाई छिपाइ राखिएको अवस्थामा थप ला.औ. गांजा ४७ किलो ६०० ग्राम फेला परेको छ। उक्त सवारी साधनमा फेला परेको थप समेत गरी जम्मा ९० किलो १० ग्राम रहेको जानकारीको लागी अनुरोध गरिएको छ।
























