Pinned Tweet
कुनै बैचारिक आस्थाका कारण तपाइलाई कसैले 'झोले' भनेर आक्रमण गर्छ भने
उसलाई ससम्मान 'मण्डले' भन्नुस
रैती,प्रजा,दास,भक्त वा कोपारे भन्नुस्
तर आफुले कहिल्यै सुरुवात नगर्नुस्
तपाई झोले नै भए प्रतिवाद नगर्नुस्
(You know what you are😉)
लोकतन्त्र-बहुलवाद-जिन्दावाद !
तिहारको शुभकामना !
आइमाई बारे 🙂
………..नेपाली बाप का अंग्रेजी औलाद बन्ने होडमा लागेका केहि आइमाईहरु सार्बजनिक रुपमा लिदै गरेका "आइमाई" शब्दको हुर्मत तिनको नकारात्मक बानि को रुपमा पहिचान गर्यो ।
आइमाई !!
मुलुकमा आफूलाई कलाकर्मी भन्नेहरू केहि पात्र ले 'आइमाई' शब्दलाई घृणास्पद शब्दका रूपमा प्रस्तुत गरेका केही दृश्य देशकै लागि लज्जाको विषय बनिरहेको अबस्था छ।
मातातीर्थ औँसीको साँझ (आमाको मुख हेर्ने दिन) पाल्पाको एउटा गाउँमा आरव नाम गरेको युवक घरको पिढीमा यहि कुरा मनमा खेलाएर टोलाउदै थिए । चिया पसलमा एक जनाले हात हल्लाउँदै आज बिहान मात्र प्याच्च "आइमाईको कुरा के सुन्नु" भनेको सुन्दा उसलाई मन खल्लो लाग्यो।
त्यो रात ऊ आफ्ना हजुरबुबा आचार्य शिवप्रसादसँग पिपलको चौतारामा बस्यो। हजुरबुबा गाउँको गुरुकुलका अवकाशप्राप्त संस्कृत शिक्षक हुनुहुन्थ्यो। आरवले सोध्यो, "बाजे, यो आइमाई शब्द कहाँबाट आयो र यसको वास्तविक अर्थ के हो?"
आचार्यले चिया राखेर मुस्कुराउँदै भन्नुभयो, "पहिले बुझ, यो शब्द जोडी हो। हामी नेपाली, सबै आर्यभाषी जस्तै, कुनै कुराको समग्रता जनाउन त्यसलाई दुई पटक भन्न मन पराउँछौँ।
छोराछोरी, दाजुभाइ, नाताकुटुम्ब जस्तै। यहाँ दुई शब्द छन्, आई र माई, र दुवै 'आमा' का पुराना नाम हुन्। दुईलाई जोडेर हाम्रा पुर्खाले नारी जातिको सबैभन्दा आदरणीय भूमिकाले सबै महिलालाई बोलाएका हुन्। आदरणीय माताहरू" भन्ने शब्दभाव दिन उपयोगमा ल्याएका हुन्।
"पहिले आई लिऊँ," उहाँले भन्नुभयो। "भाषाविद्हरूले यसलाई संस्कृतको आर्या (श्रेष्ठ र सम्माननीय नारी) बाट आएको मान्छन्। नाटकको प्राकृत भाषामा आदरणीय महिला वा हजुरआमालाई अज्जा वा अय्या भनिन्थ्यो, र शताब्दीौँ सम्म घोटिँदै त्यो आई भयो। मराठीमा आज पनि आई भनेको आमा नै हो।
आर्य शब्दको जग √ऋ (अघि बढ्नु, उठ्नु) धातुमा छ, जातिमा होइन। यसले चरित्रले माथि उठेको, संस्कारी मान्छेलाई जनाउँछ।
संस्कृत नाटकमा पुरुषले आदरणीय नारीलाई 'आर्ये' भनेर सम्बोधन गर्थे, जसरी हामी 'हजुर' वा 'माईजू' भन्छौँ। त्यसैले आई भन्नासाथ झुकेर नमस्कार गर्नुपर्ने श्रेष्ठ, मर्यादित नारीको भाव आउँछ।
"अब माई,लिऊँ," उहाँ अगाडि बढ्नुभयो। "यो संस्कृतको मातृ (आमा) बाट घिस्रिएर आएको रूप हो। वैदिक व्याकरणकार यास्कले निरुक्तमा माता लाई 'निर्मात्री' (रचना गर्ने, रूप दिने) भनेका छन्।
√मा (नाप्नु, आकार दिनु) धातुबाट आएको हो। आमाले शून्यबाट एउटा मान्छेलाई नापेर, आकार दिएर जन्माउँछिन। हाम्रो भाषामा यो शब्द आज पनि जीवित छ, माइती (मातृगृह, आमाको घर), माईजू (आदरार्थी सम्बोधन), र वैदिक अम्बा बाट आएको आमा मा।
ऋग्वेदले सरस्वतीलाई 'अम्बितमे नदीतमे देवितमे' (आमाहरूमध्ये श्रेष्ठ, नदीहरूमध्ये श्रेष्ठ, देवीहरूमध्ये श्रेष्ठ) भनेको छ।
हेर, वैदिक ऋषिले नदीलाई समेत आमा भने, जसले पालन गर्छ त्यसलाई।
आरव केही बेर सोचमग्न भयो।
"त्यसो भए आइमाई भनेको 'श्रेष्ठ र रचनाकार' भन्ने भयो?"
"हो," आचार्यले भन्नुभयो।
"पहिलो शब्दले उसको चरित्रलाई सम्मान गर्छ,
दोस्रोले उसको सिर्जनशक्तिलाई।
दुवै मिलेर भन्छन्, हरेक नारी, चाहे बालिका होस्, पत्नी, विधवा वा हजुरआमा, सम्मानयोग्य र जीवन दिने, रूप दिने शक्तिका रूपमा मनमा राखिन्छे।
तर इमानदार भन्नुपर्दा, आर्याबाट आई बन्ने यात्रा विद्वान्हरूले अध्ययनबाट खोजेको हो, कुनै हस्ताक्षर गरिएको कागज होइन।
लोकमा अरू व्याख्या पनि छन्, जस्तै 'आई' अर्थात् 'आएकी', नयाँ घरमा भित्रिएकी बुहारी। ती रमाइला छन्, तर आर्या र मातृको वंशावली नै सबैभन्दा बलियो प्रमाण हो।
"वेदले नै यसको साक्षी बस्छ," उहाँ भन्दै जानुभयो।
"अथर्ववेदको पृथ्वीसूक्तमा ऋषि भन्छन्, 'माता भूमिः पुत्रोऽहं पृथिव्याः' (पृथ्वी मेरी आमा हो, म पृथ्वीको छोरो),
अर्थात् सारा संसारलाई आमाकै दृष्टिले बुझियो।
अथर्ववेदकै विवाहसूक्तमा नयाँ बुहारीलाई 'साम्राज्ञी श्वशुरे भव' (पतिगृहमा साम्राज्ञी बन) भनी आशीर्वाद दिइएको छ।
ऋग्वेदमा पनि घरको पूर्ण अधिकारसहित शासन गर भन्ने त्यस्तै आशीर्वाद छ।
उपनिषद्ले 'मातृदेवो भव' (आमा तिम्रो लागि देवता होऊन्) भनी आज्ञा गर्छ, र पिता तथा गुरुभन्दा पहिले आमालाई राख्छ। अनि नारी सम्मानित मात्र थिएनन्, विद्वान् पनि थिए।
राजदरबारको सभामा गार्गीले महर्षि याज्ञवल्क्यलाई चुनौती दिइन्, मैत्रेयीले सम्पत्तिभन्दा ज्ञान रोजिन्, र लोपामुद्रा, घोषा, अपालालाई ऋषिका (मन्त्रद्रष्टा नारी) भनी चिनिन्छ।
मनुले समेत भनेका छन्, 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः' (जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्)।"
"आजै पनि कुनै किताब नखोली यो देख्न सकिन्छ," उहाँले उज्यालो भएका घरतिर औँल्याउँदै भन्नुभयो।
"आज मातातीर्थमा छोराछोरीले आमाको मुख हेरेर ढोग्छन्। हरेक वैदिक संस्कारमा, विवाहमा होस् वा व्रतबन्धमा, कुनै पुरुष देवताको पालो आउनुअघि सोह्र मातृका (सोह्र मातृशक्ति) को पूजा पहिले हुन्छ।
तिम्री हजुरआमाले हाम्रो घरको औषधि भान्सामै राख्नुहुन्थ्यो। घाउमा बेसार, पेटमा जुवानो, खोकीमा अदुवा।
नेपाली बालकले चिनेको पहिलो वैद्य (चिकित्सक) उनै हुन्। हाम्रा चाडबाड र खानपान आजसम्म बाँचेका छन् किनभने आइमाईले एउटा पुस्ताबाट अर्कोमा तिनलाई स्मृतिमै बोकेर ल्याइन्, एउटा छापिएको पाना बिना।
आज नेपाली बाप का अंग्रेजी औलाद बन्ने होडमा लागेका केहि आइमाईहरु आइमाई शब्दको हुर्मत लिन किन सक्रिय हुँदै छन् ? त्यसको उत्तर समयले दिने छ । गलत लाइ कुनै सानो समुहले तालि बजाउला तर समयले त्यसको उपचार गर्छ ।
त्यसमाथि पनि कुनै कलाकारमा यस्तो सोचको भेटिन्छ भने के भन्ने?
कलाकारले कुनै शब्दको वास्तविक अर्थ खोज्ने कि आफ्नै मनगढन्ते सनकका भरमा आफूलाई शब्द मन परेन भने आफ्नो परम्परा लाइ सार्वजनिक रूपमै कनिष्ट देखाउने व्यहोरा प्रस्तुत गर्ने ? उत्तम शब्दमाथि घृणा पोख्ने दुस्साहस गर्ने?
आज हरेक नेपाली युवा तथा कलाकारहरूले यस विषयमा गम्भीर विचार गर्नुपर्ने भएको छ। यसमा भाषाविद्हरूले समेत सोच्नुपर्ने हो कि?
आरव केही बेर चुप रह्यो।
"त्यसो भए चिया पसलेले किन यो शब्दलाई अपमानजस्तो गरी भन्यो?"
आचार्यले लामो सास तानेर भन्नुभयो, "शब्द पनि मान्छे जस्तै बुढ्याउँछन्, नानी।
समाजले अर्थ बिर्सन्छ भने ध्वनि बिसाएर स्वर फेर्छ।
वर्षौँको क्रममा सम्मानको शब्द हल्का गरी बोलिन थाल्यो, र आइमाई 'कमजोर' वा 'गम्भीर नलिइने' जस्तो अर्थमा चलाइन थाल्यो। तर जरा फेरिएको छैन। आइमाई शब्द बिस्तारै उच्चारण गर्, तिमीले आर्या (श्रेष्ठ) र मातृ (रचनाकार) सुन्न सक्छौ।
जसले यो शब्दले नारीलाई होच्याउँछ, ऊ यस्तो शब्द प्रयोग गर्दैछ जसको आफ्नै उत्पत्तिले उसको विपक्षमा गवाही दिन्छ। नारीको सम्मान को सम्मान गर्दैन ।
त्यो रात ताराहरूमुनि घर फर्कँदा आरवले शब्दलाई नयाँ आँखाले बुझ्यो। आइमाई भनेको चरित्रका कारण सम्मान पाउने र सिर्जनशक्तिका कारण पूजिने हरेक श्रेष्ठ नारी र आमा हो।
चिया पसलको स्वर, नेपाली बाप का अंग्रेजी औलाद बन्ने होडमा लागेका केहि आइमाईहरु सार्बजनिक रुपमा लिदै गरेका "आइमाई" शब्दको हुर्मत तिनको नकारात्मक बानि को रुपमा पहिचान गर्यो ।
तर वैदिक अर्थ, सनातन मूल्य र आदर्श नेपाली नारीको सम्मान तिनीहरु भन्दा निकै उचाइमा छ । ठिकै छ काग कराउन पिना सुक्न पाउनु पर्छ भनी बुझ्यो । त्यो धेरै पुरानो स्थापित शब्द रहेको तथ्य त्यसको मर्म सहित बुझ्ने मौका पायो ।
दोर्जे लुङ्वा रक्स 🤗
द फाइनान्सिएल टाइमको सहप्रकाशन ‘दि बैंकर’ म्यागेजिनले डा रामशरण महतलाई सन् २०१६ को उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको थियोे ।
अहिले अर्कोलाई भिराएछन् ।
आफ्नो बारी जोत्ने गोरुलाई घाँसकुँडो ख्वाएर मोटो बनाउनु मालिकको शौख हो । त्यही पुरस्कार देखाएर सिँगौरी खेल्नु गोरुको बिशेषता हो ।
1
6
345
ओख्खो यस्तो पनि आउन थालीसकेछ त
facebook.com/reel/1577583077…
135
सिस्नुपानी डराएछ
देशमा बाढी पहिरो पहिले पनि जान्थ्यो
भयाबह भुकम्पको यो भन्दा फराकिलो थियो
मावोवादी आतंक यो भन्दा त्रासदीपूर्ण थियो
सर्वाङ्ग शासकहरुलाई ताल राखेर बेस्सरी ल्याङ्ग हान्थ्यो,देउसी खेल्थ्यो
खरानी संग त्राहिमाम भएछ यो टोलि
शङ्कर क्षेत्रि जन्मिएछन्
#कालगति #कालचक्र
देश शो'कमा रहेको भन्दै सिस्नुपानी नेपालले यो वर्ष देउसी नखेल्ने भएको छ । #News
खायो खायो 😂😂😂
लौ घण्टे आयो
सहकारी बोकी
ए सुन घण्टे
खरानी छर आँगनमा
सुल्फेको ढोका
उघारी हेर
ए सुन हजुर
TOB आए आँगन
लौ घण्टे आयो
GB राई खायो
ए सुन सुल्फे
नेपालले मिच्यो सिमाना
Clip Courtesy: #One_Man_Army
हटाउन/सरुवा गर्न पाउनु पर्छ- रमेश दादा
राजिनामा दिन पर्थ्य, रिट हाल्ने हैन- सोलोन दादा
प्रधानमन्त्रीका शुरक्षा सल्लाहकारले सरकार बिरुद्ध रिट हालेछन 😂
दुर्गा दुलाल ekantipur.com/author/author-…
1
9
1,564
सहमत/असहमत हुन पाइयो तर तर्कहरु तथ्यपरक प्रतित हुन्छन l भू राजनीति भन्छन क्यारे,
खेल अलि जटिल नै छ जस्तो लाग्ने l
चरण १
अदालत छाडा भयो, कर्मचारी छाडा भए, प्रहरी, सेना सुरक्षा निकाय अनुशासनहिन भए, नेता तथा राजनीतिक पार्टी सबै खत्तम भए भन्ने भाष्यको निर्माण
चरण २
यो सबै खत्तम छाडा हुनुको कारण देशमा कसैको डर भएन । सबै निकाय डराउने र जनताले विश्वास गर्नसक्ने कुनै संस्था भएन भन्ने भाष्य निर्माण
5
951
यस्तो अपरम्पार मायावी काया भएको इनम सापकोटा जसको बयान यात्री जस्ताका जिवले पनि गर्न सकेको छैन🤣उसको बयानलाई लिएर राजावादी भन्ने छद्म र सक्कली "घन्टे-खराने दस्ता" संजालमा पर्व मनाईरहेछ l
गज्जब छ
हावा हल्ला सबसे ज्यादा बिक्रि हुनेरहेछ l
यात्री सरले ईनम बारे पुरै ब्याख्या गरेका रहेछन । यता टालो उता भ्वाङ उता टालो यता भ्वाङ..
शुभ रात्री 😜
4
9
534
उचित काम/कुरा पनि गलत ठाउँमा वा गलत तरिकाले गर्यो भने त्यो बैद्य नहुन सक्छ वा त्यसले गलत नतिजा दिन्छ; साध्य र साधन दुवै उचित हुन पर्ला l
सत्य हो श्रीमान श्रीमती बीच हुने नै मैथुन हो; तर
त्यो मैथुन रत्नपार्कको आकासे पुलमा गरियो भने ताली पड्काएर बहादुर भन्ने कुरा आउदैन कि लुङ्वा ?
अर्थमन्त्रीजी आफ्नै दिल्लीको दिलवाली बातको अर्थ/अनर्थको संजालीय खेदोमा पर्नु भएको छ।वहाॅको संजालीय बाहुवली दल यसमा मौन छ,सायद कन्फ्युज्ड।सीमापुलिसको व्यवहार वा सीमाका स्थायी विवादले नेपाल भारत संबन्धलाई पनि स्थायीरुपमा प्रभावित गराइ आन्तरिक राजनीतिमा वजुद स्थापित गर्ने रोयल वाम र कम्युनिष्ट वामका औकात यसपटक देखि स्थायी विदो भएका संकेत आएकै हुन। वहॅा प्रोटोकलमा उचित हो हैन अर्को पक्ष हो तर विषयवस्तुमा वाग्लेजीले अन्यथा लिनु पर्ने कारण देखिन्न। कॅाग्रेस त यसै यस्ता मुद्दामा भुत्ते र आपसी झगडामा तिख्खर के पो अपेक्षा गर्नु। तर यो सत्य हो Anti-Indianism is nationalism को वाम दुर्जनताको भाष्य अध्याय सकिएकै हो, विवाद त कालक्रममा सहकार्य र वार्ताबाट समाधान हुने विषय हुन।Don’t worry Wagleyjee, तपाइको यथार्थ र सत्यको साहससाथ कम्तिमा म छु तपाईका वीत्त र आर्थिक नीतिहरुमा केही गहन असहमतिका बावजुद। वातावरण र सामाजिक वामलाई यो सरोकारको विषय हैन रोयल वाम र कम्युनिष्टले असहमति जनाइ आइलागेनन भने म ठीक वेठीक निर्क्यौल नै गर्न असमर्थ हुने गर्छु।
1
4
188
😂😂😂
बल्ल बल्ल चाडबाड आए पछि
नधाउनु सप्तमी बजार धाए पछि
यत्तिको नमाते त के मुख मात्रै गनाउनु ?
नखानु फाक्सा र रक्सि खाए पछि
2
9
511




















