Subbey (@Subbey_) header
Subbey (@Subbey_) profile picture

ॐ नमः शिवाय 🙏 🩸A+

Shailung Dolakha 🏦 Kathmandu
Joined April 2014
Photo by Subbey (@Subbey_)Photo by Subbey (@Subbey_)Photo by Subbey (@Subbey_)Photo by Subbey (@Subbey_)Photo by Subbey (@Subbey_)Photo by Subbey (@Subbey_)Photo by Subbey (@Subbey_)Photo by Subbey (@Subbey_)Photo by Subbey (@Subbey_)Photo by Subbey (@Subbey_)
Subbey retweeted
हाम्रा प्यारा नानीबाबुहरू, आज श्रीकृष्ण जन्माष्टमी। ससाना नानी बाबुहरू राधाकृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानीबाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्। तर, यसपालिको यो उत्सवमा रसुवाभोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ। अचानक के–के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबुनानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला। साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्नेकुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला। प्यारा नानीबाबुहरू, बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ। हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ। यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ। विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ। हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानीबाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानीबाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ। पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः १. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला। २. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा गर्यौ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त? ३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्। यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ। प्यारा नानीबाबुहरू, केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमाबाबु, दाजुभाइ, दिदीबहिनीहरूको उद्धार भइसकेको छ। यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ। यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ। विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ। श्रीकृष्णले पनि भन्नुभएको छ संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं। आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ। धेरै माया..
100
232
24
2,220
99,653
Subbey retweeted
They lost their homes, their families, their childhood..but together, we will help them find a new beginning. Nepal, you are not alone. ❤️🇳🇵
431
1,752
98
21,467
371,906
It was indeed a great delight to engage in such a productive hour-long conversation with Hon. PM @narendramodi today. I share your vision for a future where Nepal and India transcend past constraints to embrace a new era of development diplomacy. By focusing on shared civilizational bonds, digital corridors, and seamless connectivity, we can truly build a partnership defined by progress and mutual trust. RSP looks forward to translating these possibilities into reality for people of Nepal and India - for our shared prosperity.
Delighted to meet the Chairman of the Rastriya Swatantra Party of Nepal Mr. Rabi Lamichhane. I welcome and fully share his desire to work closely together for a shared and prosperous future. Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to collaborating with the new government to elevate the special and multifaceted relationship between our two countries to greater heights. @hamrorabi
100
437
17
3,408
133,939
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु । हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ । @hamrorabi
1,459
5,597
127
54,595
3,033,758
Say Cheese DDC ko Cheese
413
510
205
5,979
375,708
Subbey retweeted
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ। यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ। ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
244
443
86
2,782
212,765
The God of Rain, from Assam to Lalitpur: आजबाट उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक जात्रा-रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ। पाटनको पुल्चोकबाट आरम्भ हुने यो भव्य जात्रामा सहकालका देवता रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई शहरका विभिन्न ठाउँमा घुमाइन्छ। करिब दुई महिनासम्म चल्ने यस यात्राले केवल परम्परा मात्र होइन, श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको अद्भुत सन्देश पनि बोकेको छ। लिच्छवी राजा नरेन्द्रदेवको पालामा पुग्नु पर्छ । जब काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेको थियो, नरेन्द्रदेवले भारतको आसामवाट ल्याइएको मछिन्द्रनाथलाई प्राण प्रतिष्ठा गराएर अर्चना शुभारम्भ गरेको इतिहास छ । करिब १६ सय वर्ष देखी निरन्तर चलिरहेको यो परम्पराले वर्षा, सहकाल र समृद्धिको कामना गर्दै आएको छ। यस पावन अवसरमा सबैले एउटै कामना गरौं - वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्, संसारमा शान्ति र कल्याण फैलियोस् । जय करुणामय 🙏
85
337
22
3,107
99,933
जन्म दिने आमालाई नमन, आफ्नो छोरो सम्झेर आशिर्वाद दिनुहुने सबै आमाहरुलाई नमन, पृथ्वी भरिका आमाहरुलाई नमन...
70
126
9
2,107
47,978
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु। जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्। मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
133
389
36
3,642
98,918
नेपाल सरकारले प्रमुख ६ दलका घोषणापत्र, बाचापत्र तथा प्रतिवद्धता पत्रलाई समेटेर राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गरेको छ । 😮 #News मुख्य विषय *५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने। *विद्यार्थीका लागि: 'Earn While You Learn' (पढ्दै कमाउँदै) मोडेल लागू गर्ने। *५ वर्षभित्र आर्थिक वृद्धिदर: औसत ७ प्रतिशत। *प्रतिव्यक्ति आय: ३,००० अमेरिकी डलर। *कुल गार्हस्थ्य उत्पादन (GDP): १०० अर्ब डलरको नजिक पुर्‍याउने। *गरिबीलाई १० प्रतिशतमा झार्ने। * २०४६ सालपछिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन। *निजामती सेवा र शिक्षण संस्थाबाट दलीय ट्रेड युनियन खारेज। *सार्वजनिक सेवामा 'टाइम कार्ड' र कागजविहीन डिजिटल प्रणाली। *आगामी दशकमा ३०,००० मेगावाटको विद्युत् उत्पादन लक्ष्य। *किसान क्रेडिट कार्ड, बिमा र योगदानमा आधारित पेन्सन। *२०८८ सम्म कुल बजेटको ८ प्रतिशत स्वास्थ्यमा पुर्‍याउने। *प्रत्येक प्रदेशमा अत्याधुनिक नमुना समावेशी विद्यालय। *जलन पीडित र विपन्नका लागि नि:शुल्क उपचारको ग्यारेन्टी।
28
72
13
750
37,752
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥ हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
454
615
60
6,453
183,043
तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist
560
3,200
396
9,764
455,972
#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms. We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression. All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials. Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns.  We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations. ➡️ ohchr.org/en/press-releases/…
598
3,681
275
8,236
1,037,554
"साथको लागी स्वार्थ छोड्दिनुस तर स्वार्थको लागी साथ कहिल्यै नछाड्नुस।" #शुभ_समय 🌺 #शुभ_संध्या 🙏
5
21
68
2,161
"उदाउंछ हरदिन सुर्य यहाँ ! बस् यही बताउन की, उज्यालो बांड्दा उज्यालो कम कहिल्यै हुंदैन।" #शुभम 🙏
7
15
861
"भगवानले सबैलाई हिरा बनाएका छन्, बस चम्कनु हामी आफैँ पर्ने हुन्छ।" #शुभबिहानी 🌻☕️ #शुभदिन 🙏👍️👌
4
17
62
1,883
होलीको रंगहरु जस्तै तपाईको जीवन पनी सदैव स्वस्थ, समृद्धि, सद्भाव, प्रगति, उन्नति, प्रेम अनि उमंगहरुले रगिंन बन्दै जाओस्, होलीको शुभकामना। 🙏 #होली
7
33
116
4,915
गोलि हान्नेलाइ कारवाही नहुने देशमा, होलि हान्नेलाइ कडा कारवाही अरे!!😂 #वाह_क्या_गज्जब
3
27
121
9,130
जिन्दगीमा भेटिएका हरेक मान्छेहरु होली जस्तै हुन्छन् ,कोहिले रङ्ग बदल्छन् त कोहिले जीवनमा रङ्ग भरिदिन्छन।😊🎊 #HappyHoli ❤️
7
34
167
12,675
एमालेले केहि गर्न खोज्ने व्यक्तिलाई कसरी ‘असहयोग’ गर्छ भन्ने काठमाडौं महानगरपालिका प्रशासकिय अधिकृत प्रकरणबाट प्रष्ट हुन्छ । मेयर र प्रदिप परियारको बीचमा राम्रै तालमेल मिलिरहेकोमा उनलाई सरुवा गराएर आफू निकटका व्यक्तिहरुलाई महानगर पठाउने मात्र होइन पछिल्लो समयमा अधिकृत नै नपठाएर महानगरलाई अस्तव्यस्त बनाउन एमाले मरिमेटेर लागिपरेको छ ! यो एमालेको ऐतिहासिक चरित्र हो, ४७ सालको परिवर्तन पछि बनेको कांग्रेस सरकारलाई असफल बनाउन पनि एमाले यस्ता खाले धेरै हरकत गरेको हो । सार्वजनिक सम्पति तोडफोड देखि नेपाल बन्दसम्मका अनेकन् हरकतहरु र त्यसको समर्थन र राम्रा नीतिहरुको बिरुद्धमा गरिएको नियोजित दुष्प्रचारले एमाले पार्टी त बलियो भयो होला तर देशले अपेक्षित प्रगति हासिल गर्न सकेन । एमालेको यो चरित्र जनता माथ उजागर हुन जरुरी छ !!
33
30
5
196
26,273