बाबाजी (@baabajee) header
बाबाजी (@baabajee) profile picture

ताराबाजी लै लै । मामा आए घोडा । माइजु आइन् डोली । पापा ल्याइन् सोली । भुँईमान्छे । घुमन्ते । लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।

Karnali(Surkhet)-Kathmandu
Joined September 2009
Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)
झम्क्यो डालीमा......!
31
191
32
690
कालो टोपी, कालै कोट र कालो पाइन्ट लगाएर आफैंलाई बालेनावतार ठान्नेहरु पनि छन् फेरि केही जोक्करहरु ! यो संसार सर्कस हो, हामी सबै जोक्कर हौँ, जोक्कर हुनु अघि हामी सबै भर्खरै घर बनाएर बस्न थालेका राउटे (फिरन्ते जीवनबाट खेतिपाती मात्र गर्न थालेका) हौँ भन्थ्यो कसैले, हो झैं लाग्दैछ। हामीले सत्ता त फेर्न सक्छौँ तर औकात फेर्न सकेनौँ र त आन्दोलन जति भएपनि अनुहार र उमेर फेरिफेरि आउने उस्तै तोरीहरुबाट शासित हुन सक्छौँ। यो हाम्रो नियति बदलिन हाम्रो चेतनाको स्तर पनि बदल्नैपर्छ। नत्र अरु ५० बर्ष यही हालत हुने हो हाम्रो!🙏 – at Nepal
2
7
591
हैट् ! मध्यरातमा, बिहानसम्म झरीले धन्नै धानको ब्याडजस्तो भएको मैदानमा यो कस्तो कडक खेल भा हो गाँठे ! 😂
5
1,408
नेपाल प्रहरीको लाइन एजेन्सी गृह मन्त्रालय चलाउने मन्त्रीले मातहतका सुरक्षा निकाय भन्दा बढी सेना रिझाउने ध्याउन्नमा खट्ने, सरकार प्रमुख चाहिँ प्रहरी प्रमुखलाई निकाल्न लागेको समाचारले बजारमा झ्याली पिटाउने अनि ह्युमिलेशनको तोडमा भएका प्रहरी प्रमुखले यो सब गराए भनेर अर्को कन्स्पिरेसी छर्दिने ! क्या नौटंकी छ कि यो सरकारको ! नकचराहरु !!! – at Nepal
पुलिसले पत्रकार पक्रिन्छ तर सरकार प्रमुख र उनको सचिवालयले भन्छ: नाँई मलाई था छैन! सत्ताधारी दल भन्छ: पत्रकार पक्राउको बिरोध गर्दछौं। यो सरकार कस्ले चलाएको हो खासमा? बालेन कसको पुतली हुन्? के उनी गहुँबारीमा ठड्याएको कालोबश्त्रधारी बुख्याँचा मात्र हुन् त? होइनन् भने यो नौटंकी किन?
4
23
1,929
पुलिसले पत्रकार पक्रिन्छ तर सरकार प्रमुख र उनको सचिवालयले भन्छ: नाँई मलाई था छैन! सत्ताधारी दल भन्छ: पत्रकार पक्राउको बिरोध गर्दछौं। यो सरकार कस्ले चलाएको हो खासमा? बालेन कसको पुतली हुन्? के उनी गहुँबारीमा ठड्याएको कालोबश्त्रधारी बुख्याँचा मात्र हुन् त? होइनन् भने यो नौटंकी किन? – at Nepal
5
9
1
69
4,296
मेरो लागि आजको दिन मन प्रफुल्लित बनाउने समाचार यो हो:👇 बूढीगण्डकी बाढीमा फसेको कुकुरको २० दिनपछि उद्धार onlinekhabar.com/2026/10/204… – at Nepal
1
2
20
1,791
चाहिएको छ ४ अर्ब ७० करोड अमेरिकी डलर, पाइएको छ २ करोड १६ लाख अमेरिकी डलर ! पहिलोपटक देशलाई हानीनोक्सानी कोषबाट रकम, पुनर्निर्माणको आवश्यकता ०.५% भन्दा निकै कम ! १ शब्दमा यो सबैलाई ब्याख्या गर्दा=चिलिमफ्वाँक! – at Nepal
4
1
34
2,630
कर्णालीका क्रेजी फ्यान कर्णाली याक्स र जनकपुरको खेल हेर्दै सुर्खेत, वीरेन्द्रनगरको घण्टाघर पार्कमा। – at Nepal
1
39
2,470
हाम्रो देशको पछिल्लो पुस्ताले खोजेको, रोजेको, छानेको मानेको नेता: "संसदमा पस्नै नहुने, पसेपनि बस्नै नहुने बसिहाले बोल्नै नहुने, मनको कुरो खोल्नै नहुने क्रेजी फ्यानसंग घण्टौँ बस्ने, बाँकी सबको गला कस्ने जात्रा-क्रिकेट छोड्नै भएन, वार्ता-संवाद गर्नै भएन दल र नेता सबै चोर, नछोड् कोइलाई जाक्दे खोर्" क्रेजी फ्यान: वाह वालेन वाह, बट् आइ डोन्ट लाइक पोलिटिक्स, बिकज पोलिटिक्स इज अ डर्टी गरम ! – at Nepal
4
10
54
3,179
श्री १८२ बालेन्द्र साह शाहको क्याबिनेटका एकजना मन्त्रीले अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक स्थलमा बोलेको बिषयमा तर्कपूर्ण टिप्पणी (मन पराउन नपराउन दुबै पाउने छुट हुँदाहुँदै पनि) गर्दा केही अराजक हाइपर-पोल्टिक्सका उपजहरुको निन्दा र नीच गाली सहनुपरेको छ। के जात्तिबित्ती उम्लेका यी घण्टीका छाउराहरु? हदै भएन र यार ! – at Nepal
1
1
14
2,392
"किनारादेखि केन्द्रसम्मको वैचारिकी" नारा बोकेर जुम्लाको माटोमा अङ्कुराएको ‘सीमान्त साहित्य सम्मेलन-पहिलो संस्करण' केवल एउटा साहित्यिक जमघट मात्र नभाई राज्यको मूलधारबाट ओझेलमा पारिएका आवाजहरूको आफ्नै सुवास छर्ने स्वाभिमानी सेतु बनोस् ! मतभेद र वादविवादका अनेकौँ घुम्तीहरू पार गर्दै, नागरिक तहबाट उठाइएका यस्ता साना-ठूला हरेक पहलले अन्ततः समाजलाई नै समृद्ध बनाउँछ। मुल प्रवाहिकरणमा स्थापित भइसकेका सिमित सेलिब्रेटीहरु ओसारेर अनि बारबार उनै अनुहारहरु मात्र दोहोर्‍याएर गरिने कृत्रिम चमकदमकभन्दा पर, कर्णालीको खुला आकाशमुनि जुम्लाको आँगनमा, कालिकोट, हुम्ला, मुगु, डोल्पा, बाजुरा र दुर्गमका मइडो अनि कुना-कन्दराबाट सुस्केरा हाल्दै निस्केका मौलिक वेदना र विचारहरूले यहाँ प्रतिध्वनि पाऊन्। भौगोलिक दूरीले मात्र होइन, बौद्धिक र सांस्कृतिक रूपमा किनाराकृत पारिएका सीमान्त आवाजहरू केन्द्रिकृत मानसको दलाली वा कृत्रिमताबाट मुक्त भएर आफ्नै मौलिकतामा गुन्जियोस्। नामजस्तै सिमान्तका वास्तविक पीडा, सुवास र सम्भावनाहरू खुला ठाउँमा पारदर्शी र सार्थक बहसमार्फत सतहमा आउन्। तिला नदीको किनारमा मार्सी धानका फाँटहरुमा बयली खेल्दै गरेको चिसो हावामा हुँदै गरेको यो बौद्धिक बहसको उत्सवले कर्णालीको माटोलाई अझ बासनादार बनाओस्, हार्दिक सफलताको अनेकौँ मंगलमय शुभकामना! 🙏✨ #सिमान्तसाहित्यसम्मेलन #MarginalLiteratureFestival #जुम्ला #कर्णालीप्रेम #किनारादेखि_केन्द्रसम्म #साहित्यिकउत्सव – at Nepal
2
9
684
आजबाट सुरु हुने @OfficialNPLT20 को तेश्रो सिजनको सफलताको शुभकामना! नेतृत्व दिने @chatur_chand यसलाई यो उचाइमा ल्याउने सामर्थ्य राख्ने @paras77 रातदिन यसको अर्थव्यवस्थामा चिन्तित रहने कोषाध्यक्ष पदम खड्का, मेरा अल टाइम फेभरेट @gyanu_gm11 तथा कर्णाली याक्स टिम सहित सम्पूर्ण क्लवहरु, खेलाडीहरु र अफिसियललाई बधाई तथा सफलताको शुभकामना! – at Nepal
5
53
2,552
बिना तयारी कुनैपनि चुनाव लड्दिने, ताल परे र मिल्ने भएदेखि एक हप्ताभित्रै 'स्थानीयदेखि संघीय तहसम्मका, खानेपानी उपभोक्ता समितिदेखि पार्टीको केन्द्रीय नेतृत्वसम्मका' सबै चुनाव भ्याइदिने तर सबैतिर उत्तानोटाङ हुनेगरी हारेपछि ममाथि धोका भो, गुटबन्दी गरेर हराइयो, चिट बाँडेर मेरो चिडचिड पसिना निकालियो' भन्दिने ! क्या डेमोक्रेसी छ कि हाम्रो नेपालमा !😝 – at Nepal
6
2
1
43
5,546
बाबाजी retweeted
आखिर सलामी सबैलाई चाहीने रहेछ ! खान जान्नु पर्छ! पिर्के होस् की बोरे! 🙏
13
26
6
122
17,101
थिन्ले ल्हामो अभिनित दोश्रो सिनेमा हेरेँ-"तेन्जिङ्ग" ! उनको पहिलो सिनेमा थियो साथी मीन भामको-"साम्बाला"! तेन्जिङ्गमा थिन्लेको भुमिका छोटो छ तर मेटाफोरिक छ, तेन्जिङ्गले सगरमाथा आरोहणको सपना पाल्नुको सबैभन्दा ठूलो मोटिभेशनल पात्र हुन् उनकी जेठी पत्नी दावा बुठ्रीद् जस्लाई उनले बालखमै तेङ्बोचेमै हुँदा मनपराएर बिहे गरेका थिए। सोही पात्र दावा बुठ्रीद् हो थिन्लेले निभाएको ! बाल्यकालका 'नाम्ग्याल वाङ्दी' तेङ्बोचे गुम्बाको बौद्ध भिक्षु बन्नबाट जोगिए र त पहिलो सगरमाथा आरोही बनेर विश्वभर चम्किए-तेन्जिङ्ग नोर्गे शेर्पाको नामबाट ! "तेन्जिङ्ग" सोही बायोपिक हो। २ घण्टा ५ मिनेटको सिनेमा एकटकमा हेरेर सकाइयो ! – at Nepal
17
1,835
तपाईंलाई बडादसैं २०८३ को मनग्गे शुभकामना! – at Nepal
3
20
832
मलेसियामा लास्टै राम्रो कमाई हुनेरैछ गाँठे ! ढाईतीन बर्षमा अर्बौं ऋण तिर्ने पैसा कमाएर दशैंको मुखमा देश फर्किने इच्छा व्यक्त गरेछन् जिबीले !😝 – at Nepal
2
1
39
2,811
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सभापतिज्यू! वर्षौँदेखि तमाम् कांग्रेसीजन तथा रुपान्तरणकारी डेमोक्र्याट युवाहरुले देखेको सपना पुरा भएको छ। चुनौतीका पहाडहरु अनगिन्ती छन् तर तपाईंले भनेझैं 'ति चुनौतीका पहाडहरुका पछाडि अँझ ठुला सम्भावनाका शिखरहरु/हिमालहरु पनि छन्।' अब हामीले अथक मेहनत गरेर ती सम्भावनाहरूका शिखर जरुर चढ्नुछ र एकदिन ति शिखरहरुबाट हामीहरु पनि झर्नुपर्छ नै फरक यत्ति हो कि अरुहरु शिखरबाट झर्दा हिमपहिरो झैं गर्ल्यामगुर्लुम झरे भने हामीहरु झरना जस्तै झर्नुछ, सुन्दर मुक्ति, समर्पण, संगीत, श्रृङ्गार, उत्सर्ग, प्रवाह र आभा सहितको अनुपम विश्राम सहित ! चुनौतीका पहाडहरु छिचोल्दै शिखर चढ्दैगर्दा त्यहाँबाट पनि कुनै एकदिन त झर्नुपर्छ नै तर त्यो झराई अँझ सुन्दर बनाउनुछ भन्ने कुरा नबिर्सिनुहोला! फेरि पनि धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना!🙏 @thapagk @NepaliCongress #15thNationalConvention – at Nepal
4
5
105
2,633
खेल र निर्वाचनमा सहभागी हुनेले हार स्विकार्न सक्नुपर्छ, हार स्विकार्न नसक्नेले यी दुबै प्रतियोगितामा सहभागिता जनाउनु अघि २५ पटक सोच्नैपर्छ, नत्र उ आफु त दुःखी बन्छ बन्छ, आफ्नाहरुलाई समेत दुःखी बनाएर उनीहरुको प्रेम समेत गुमाउनसक्छ !🙏 – at Nepal
1
1
20
1,664
दानवको कुनै जात हुँदैन, धर्म हुँदैन, वर्ग हुँदैन, वर्ण हुँदैन ! उसको जात, धर्म, वर्ग, वर्ण जे जे भन्नुस् दानवियता नै हो ! खगेन्द्र सुनारको भनिएको अडियो सुन्दा यस्तो लाग्यो त्यो आवाज मान्छेको होइन दानवको हो। सत्यतथ्य छानविन गरी त्यस्तो दानवलाई हदैसम्मको कारबाहीको नजिर स्थापित गरियोस्! – at Nepal
3
17
3
85
4,625
नागरिक चेतमा लगानी नगरिकन लोकतान्त्रिक प्रक्रिया भन्दैभन्दै चुनावमै मात्र जोड दिने र फेरि भन्ने तिमीहरु त घाँस हौ, कस्तालाई छान्यौ ! हाम्रो समाजकै चेत अनुसारको चुनाव हुने हो, समाजकै चेत अनुसारको उम्मेदवारले चुनाव जित्ने हो ! कि नागरिक चेतमा लगानी गरौँ, कि निर्वाचन प्रणाली बदलौँ! – at Nepal
1
5
28
2,523