Honoured to have participated as a panel member at the COP31 Korea Pavilion Side Event, discussing how trusted climate information can support finance, carbon markets and sustainable development and climate action.
3
25
Join us at #COP31 for “Empowering Climate Action Through the Next Generation of Climate Data”—a conversation on turning reporting into action through digital tools, responsible AI and partnerships.
📅 16 November 2026 | 14:30–15:30
📍 UNFCCC Pavilion, Blue Zone
14
Through the Changemaker Fellowship, delivered by Caribou in collaboration with Microsoft Elevate and EY, we will explore how responsible and strategic AI adoption can help address a core organizational challenge.
27
Gopal Joshi retweeted
Replying to @thapagk
@thapagk’s speech in the 15th General Convention of NC today was really captivating as it was timely and touched upon every key issue beyond everyday politics including the crises that the country is surrounded by. Rarely seen a Nepali leader being so clear in thoughts.
Gopal Joshi retweeted
आउन बांकी, आफुलाई चौधौं महाधिवेशनवाला भन्नेहरु अब त्यसो भन्न छाडी मुलधारमा आए कांग्रेस नेतृत्वले उनीहरूलाई ससम्मान भित्र्याउने र उपयुक्त हुने जिम्मेवारी पनि दिने हो
होइन आउँदैनन भने उनीहरूलाई नपर्खी पूर्ब निर्धारित कार्यतालिका बमोजिम महाधिवेशन सम्पन्न गर्ने हो। Enough is enough
This post is from an account that no longer exists. Learn more
सन्दीप लामिछाने र पल शाहको वाही वाही गर्ने समाज र बलात्कारपिडितको शालिक निर्माण गर्ने बुध्दि भएको सरकार हुन्जेलसम्म बलात्कारको समस्या कसरी समाधान हुने हो ??
47
Gopal Joshi retweeted
नेपालमा कम्तिमा निम्न कोर्सहरु शुरु गर्न निकै ढिला भैसक्यो:
How to Respect Others 101
How to Know Public Space 101
The Art of Polite Conversation 101
नेपालमा केही गलत बुझाइ सत्यजस्तै स्थापित छन् । त्यसमध्ये केही त प्रायोजित पनि छन । प्रायोजितलाई पर सारेर सर्वसाधारणले गहिरो विश्वास गर्ने ५ गलत बुझाइ (मेरो बुझाइमा) तल प्रस्तुत गरेको छ ।
१. सरकारले उद्योगधन्दा, कलकारखाना खोलेर रोजगारी सिर्जना गर्नुपर्छ ।
टिप्पणी: सार्वजनिक वस्तु उत्पादन गर्न वा निजी क्षेत्रले लगानी नै नगर्ने क्षेत्रमा बाहेक अन्य क्षेत्रमा राज्यले कलकारखाना वा उद्योग चलाउनु स्रोतको दुरुपयोग हो । यसले निजी क्षेत्रलाई कमजोर मात्र बनाउँदैन, देशको सम्पत्तिको नोक्सानी पनि हुन्छ । वस्तु र सेवाको उत्पादन गर्ने काम निजी क्षेत्रको हो र सरकारको काम यसको उचित नियमन र सुपरिवेक्षण हो ।
२. विकास गर्न जाने र भ्रष्टाचार रोक्न सके देशकै साधनस्रोत प्रयोग गरेर युरोप-अमेरिका जस्तो बनाउन सकिन्छ ।
टिप्पणी: नेपालसँग युरोप-अमेरिकाको दाँजोमा भौतिक पूर्वाधार स्थापना गर्ने आन्तरिक क्षमता छैन, कहिलै थिएन । सबैकुरा ठिक ठाउँमा रहँदा पनि नेपालले संसारलाई बेच्ने वस्तु र सेवाबाट ठुलो आर्थिक समृद्धि सम्भव हुन निकै समय लाग्नेछ । नेपालले आफ्नो लक्ष र सम्भावनामा गम्भीर हुन आवश्यक छ ।
३. विदेशमा गएका नेपालीको लगानी देशभित्र ल्याउन सके यसबाट आर्थिक समृद्धि हासिल हुनेछ ।
टिप्पणी: क्षमता भएका लगानीकर्ताले नाफाको सम्भावना देखे लगानी गर्छन्, नदेखे गर्दैनन् । विदेशी लगानीका लागि उपयुक्त तथा नाफा कमाउने वातावरण भए नेपालीबाहेक अरूले पनि लगानी गरिहाल्छन् । विदेशमा बस्ने नेपालीले लगानीका नाममा सहुलियत र सम्मान खोजेका हुन्, लगानी गर्ने अवसर होइन । त्यसैले, नेपालका नीतिनिर्माताले एनआरएनका मोलाहिजामा नफसी विदेशी लगानीका लागि नीतिगत सुधारमा ध्यान दिनुपर्छ ।
४. विदेशका धनी देश नेपालको राम्रो चाहँदैनन् ।
टिप्पणी: विदेशी र विशेष गरी अमेरिका-युरोपका धनी देशलाई नेपालसँग ३ कुराको मात्र चासो छ -बजार, सुरक्षा र आप्रवासी । अर्थात्, उनीहरू यो चाहन्छन् कि नेपालमा आफ्नो सामान बेच्न पाइयोस्, यहाँको सुरक्षा अवस्था नबिथोलियोस् र यो देश शरणार्थीको उद्गमस्थल नबनोस् । उनीहरू नेपालको संस्कृति, सामाजिक सद्भाव, इतिहास बिगार्न चाहन्छन् र नेपाललाई अशान्त राख्न चाहन्छन् भन्ने चिन्ता गलत हो । नेपाली समाजलाई अशान्त बनाउने कुरा विदेशको स्वार्थ विपरितको कुरा हो । नेपालको 'महानता'सँग प्रतिश्पर्धा गर्ने रहर उनीहरूमा छैन ।
५. इमानदार नेता भए देश त्यसै धनी हुन्छ ।
टिप्पणी: इमानदारिता राजकाजको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका हरेक मानिसमा हुनुपर्ने आधारभूत पूर्वशर्त हो । इमानदारिता नभएको नेता वा प्रधानमन्त्रीले देशलाई ठुलो हानी गर्छ । तर, इमानदारिता सत्ता चलाउने योग्यता होइन । इमानदार मात्र भएर एक व्यक्तिले राज्य वा यसका कुनै संस्थालाई सही नेतृत्व दिन्छ भन्ने छैन । नेतृत्व क्षमताअन्तर्गत् सुझबुझ, अरूसँग सहकार्य गर्नचाहने मनोवृत्ति, लचकता, विनम्रता आदि विभिन्न विशेषता पर्छन् । संसारका विभिन्न विपन्न देशहरूको इतिहासलाई हेर्ने हो भने तिनीहरूको विपन्नतालाई जटिल बनाउने काम तिनै नेताले गरेका छन् जसले आफू इमानदार भएको दावी गरेका थिए ।
साधारण कुरालाई साधारण नै रहन दिऊँ न, किन जटिल बनाउने !? होइन त ?
राज्यका कुनै अङ्ग र निकायले केवल माया भाव, समर्पण भाव वा त्यागका भावले 'अरू'का लागि काम गरिदिने होइन ।
सरकार, अदालत, संसद् -सबैले संविधानले तोके अनुसार जनताले तिरकेो करको पैसाबाट आफ्नो जिम्मेवारी पुरा गर्ने हो । सेना त अझ सरकारको मातहतमा रहने संगठन हो ।
त्यसैले, हामी सर्वसाधारणले कसैको भजनकिर्तन गाएर बस्न आवश्यक छैन । यदि कसैलाई सम्मान नै गर्नुछ भने संविधानलाई गरे भयो । आफूले अनेक दु:ख कष्ट सहेर भए पनि देश चलाउने पैसा राज्यलाई बुझाउने जनतालाई गरे भयो ।
कि कसो ?
म सेना वा अरू कसैको विरोधी, समर्थक होइन । हुन आवश्यक पनि छैन । मेरो चासो आफूले देखेको-बुझेको साधारण सत्य अरूलाई सुनाउन सम्ममात्र हो । त्यो चासो पनि कहिलेसम्म रहन्छ छैन । त्यसैले, टेक इट इजि ! ;-)
सशांक, पूर्णबहादुर, गच्छेदार, प्रकाशमान, कृष्ण सिटौला, शेखरको अबको दाउ राजा, हिन्दु राष्ट्रको नारा बोकेर अन्तिम पटक राजनीतिको पासा फ्याक्ने हो भन्ने कुरा बझ्न गाऱ्हो छैन । आखिर, मर्ता क्या नहीं कर्ता !
त्यसैले, बल कांग्रेसको वैध नेतृत्वको कोर्टमा छ ।
देउवाको विरासतबाट तर्सेर पार्टीलाई शिथील बनाइराख्ने कि यो अवसरवादी दक्षिणपन्थको डटेर सामना गर्ने ??!!
मलाई लाग्छ राजतन्त्र र हिन्दुत्वप्रतिको मोह पूर्ण रूपमा हराएर जाने प्रतिक्षा गर्न आवश्यक छैन किनकि यो निकट भविष्यमा हराउनेवाला छैन । सँगसँगै, यो नारा nuisance value का रूपमा जीवित रहनेबाहेक कसैको उल्लेख्य जनमतको आधार बन्नेवाला पनि छैन । बन्ने भए आज रविन्द्र मिश्र र दुर्गा प्रसाईं नै सबैभन्दा शक्तिशाली र लोकप्रिय नेता हुनेथिए ।
त्यसैले, IMO, गगन-विश्वप्रकाशको बुद्धिमता यसैमा छ कि उनीहरूले बयोवृद्ध गणको त्रासबाट बाहिर निस्कन ढिलो नगरुन्, पार्टीमा निहित दुर्घन्ध सफा गरून्, युवालाई अवसर दिउन् र कांग्रेस पार्टीलाई साँच्चिकै नयाँ र स्वच्छ बाटोमा हिडाउन् !
कि कसो ?!
Gopal Joshi retweeted
पूर्णबहादुर खड्का र सातभाइले पुनरावलोकनको निवेदनमा गोरुसिङ्गे 'ञ' आरोप लगाएका हुन् भने कांग्रेस संस्थापनको 'इतर'सँगको थप संवाद र मिलनको प्रयास आजैदेखि बन्द होस्! धुन्दुकारी ग्याङ्ले न कांग्रेस न लोकतन्त्र, कसैलाई भलो गर्दैन। प्लिज्, क्लोज् द च्याप्टर!😡😡
नेपाली कांग्रेसका बयोबृद्ध, जान्ने ठान्ने, मुख्य जिम्मेवारी लिएका नेताहरुको अचेलको अभिव्यक्ति देखेर अचम्म लाग्छ। "एकताको महाधिवेशन, एकताको कार्यसमिति", कम्युनिष्टसंग गठबन्धन गर्दागर्दै शब्द पनि कम्युनिष्टकै सिक्नुभएछ। कांग्रेस कहिले फुटेको थियो र एकताको कार्यसमिति चाहिएको हो? उहाँहरुले पार्टीबाट निकालेका महामन्त्रीद्वयले आँट गरेर सकिइसकेको पार्टी बनाउँदै हुनुहुन्छ, अँझ लाज पचाएर एकता कार्यसमितिका कुरा !
सुन्दै थिएँ विश्वजी र गगनजीलाई पार्टीबाट निकाल्दाका दिन को को त रुनुपनि भको थियो रे !
गोहीको आँसु यस्तैलाई त भन्दाहुन् !😝 – at Nepal
हाम्रो पत्रकारिता पनि अचम्मको छ, जीवनभर बिकाउ कन्टेन्ट मात्र खोज्ने बानीमा टिकाउ कन्टेन्टलाई समाचार नै मान्न छोड्यो ! उदाहरणका लागि;
कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकको विवाद, गगन-विश्वसंग मिलेन इतरटिमको संवाद यो समाचार एक पटक आयो, दुईपटक आयो, तीनपटक आयो, वर्षभरि कांग्रेसको समाचार यत्ति हो?
कांग्रेसले यतिबेला हरेक हप्ता बिषयगत बहस गरिरहेको छ ग्रीनटेबुल संवाद मार्फत्,
मासिक आर्थिक बहस गरिरहेको छ सुवर्णशमशेर इकोनोमिक सिरिज मार्फत्,
हप्तैपिच्छे बिषयगत राउन्ड टेबुल कन्सल्टेशन, खबरदारी र सामाजिक अभियान सञ्चालन गरिरहेको छ नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका बिषयगत उपसमितिहरु मार्फत्,
बिषयगत सवालहरुमा ल मेकर सांसदहरुसंग आवश्यकता अनुसार दैनिक, साप्ताहिक र मासिक प्रशिक्षण तथा परामर्श कार्यशालाहरु भइरहेका छन्, सातै प्रदेश स्तरीय परामर्श कार्यशालाहरु भएका छन्,
यस बाहेक भातृ तथा शुभेच्छुक संगठनहरुका दिनहुँजसो कुनै न कुनै सामाजिक बहसहरु चलिरहेका छन्।
मिडियाले त बरु ती कार्यक्रमले दिन सकेको प्रभाव वा कार्यक्रमका लागि कार्यक्रम गरेर समय बिताएको पो छ कि यस्तो रिपोर्टिङ पनि त होला नि !
राजनीतिक दल भनेको बिचारको संगठन हो, बिचारमा मतमतान्तर हुन्छ, स्वभाविक हो, त्यो त कुनै समाचारको नौलो एंगल नै भएन नि !
ग्रो अप नेपाली मिडिया यार! – at Nepal













